Nepali Congress meeting kathmandu
Nepali Congress meeting kathmandu

ललितपुरमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न

Share this news

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो। बैठकमा महामन्त्री गुरूराज घिमिरले विभिन्न प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचवुझ आयोगको प्रतिवेदन अध्ययन गरी राय सुझाव पेश गर्नका लागि नेपाली कांग्रेसद्वारा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित समितिले सभापति गगनकुमार थापा समक्ष प्रस्तुत गरेको प्रतिवेदन सम्बन्धमा बैठकमा छलफल भयो । आजको बैठकले देहायका निर्णयहरू गरेको छ—

निर्णयहरू

himalaya darpan today news

१) नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति विश्वप्रकाश शर्मा रहने गरी गठन गरिएको छ ।

२) नेपाली कांग्रेस निर्वाचन व्यूरोको संयोजकमा उपसभापति पुष्पा भुसाल रहने गरी गठन गरिएको छ ।

३) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४(९) अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समिति एक सदस्य पछि चयन गर्ने गरी देहाय अनुसार गठन गरिएको छ ।

(क) संयोजक — महामन्त्री प्रदीप पौडेल, (ख) सदस्य — सहमहामन्त्री योगेन्द्र चौधरी

(ग) सदस्य — सहमहामन्त्री प्रकाश रसाइली स्नेही, ४) नेपाली कांग्रेस संगठन परिचालन तथा समन्वय समिति देहाय अनुसार गठन गरिएको छ। (क) संयोजक — महामन्त्री गुरूराज घिमिरे, (ख) सदस्य — सहमहामन्त्री बहादुरसिंह लामा, (ग) सदस्य — सहमहामन्त्री मुक्ताकुमारी यादव, ५) नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति गठन गरिएको छ ।

६) नेपाली कांग्रेसको मर्यादाक्रम निर्धारण समिति केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन गरिएको छ । ७) नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम संचालन कार्यविधि—२०८३ प्रदेश र जिल्ला कार्यसमितिको सुझाव सम्मिलित गरेर जेठ १ गतेदेखि लागू हुने गरी पारित गरिएको छ ।

८) पार्टीमा वृहत्तर एकता कायम गर्दै १५ औं महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्न पार्टीका सबै साथीहरूसँग संवादका लागि सभापति गगनकुमार थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ । बैठकमा उपसभापतिद्वय— विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय— प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री डा. डिला संग्रौला पन्त, सदस्यहरू— अर्जुननरसिंह के.सी., सुरेन्द्रप्रसाद चौधरी, अर्जुनप्रसाद जोशी, अमृत अर्याल, डा. गोपाल दहित, तारामान गुरुङ, राजेन्द्रकुमार के.सी., अब्दुल सत्तार, प्रतिमा गौतम, प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख ३ गते दिउँसो १ः०० बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जानकारी पाइएको हो।

Share this news
आजको रोजाइ
बजेट अधिवेशन 2026-27 सम्पन्न: वित्तीय अनुशासन र जनकल्याण बजेटको प्राथमिकता, मुख्यमन्त्री तामाङ

बजेट अधिवेशन 2026-27 सम्पन्न: वित्तीय अनुशासन र जनकल्याण बजेटको प्राथमिकता, मुख्यमन्त्री तामाङ

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवबीच भेटवार्ता: कतार भ्रमण र विकासबारे छलफल

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवबीच भेटवार्ता: कतार भ्रमण र विकासबारे छलफल

विद्यार्थी आन्दोलनलाई बलिउड अभिनेत्री सारा अली खान र अनन्या पाण्डेको समर्थन

विद्यार्थी आन्दोलनलाई बलिउड अभिनेत्री सारा अली खान र अनन्या पाण्डेको समर्थन

सिक्किम सारथी आइडल सिजन २ मा मुख्यमन्त्री तामाङको उपस्थिति, हेलेन लेप्चा मेडिकल कलेज चालू सत्रदेखि सुरु हुने घोषणा

सिक्किम सारथी आइडल सिजन २ मा मुख्यमन्त्री तामाङको उपस्थिति, हेलेन लेप्चा मेडिकल कलेज चालू सत्रदेखि सुरु हुने घोषणा

‘कागजपत्र चुहावट सामान्य मुद्दा होइन’: प्रधानमन्त्री मोदीद्वारा जन्तर मन्तरमा विरोध तीव्र हुँदा कडा कारबाही गर्ने वाचा

‘कागजपत्र चुहावट सामान्य मुद्दा होइन’: प्रधानमन्त्री मोदीद्वारा जन्तर मन्तरमा विरोध तीव्र हुँदा कडा कारबाही गर्ने वाचा

गोर्खा राष्ट्रिय युवा मोर्चा दार्जीलिङ कमिटीको पुनर्गठन: संगठन विस्तार र युवा सशक्तीकरणमा जोड

गोर्खा राष्ट्रिय युवा मोर्चा दार्जीलिङ कमिटीको पुनर्गठन: संगठन विस्तार र युवा सशक्तीकरणमा जोड

एनजेपीमा हात्ती-रेल द्वन्द्व न्यूनीकरणका लागि लोको पाइलटहरूलाई विशेष प्रशिक्षण

एनजेपीमा हात्ती-रेल द्वन्द्व न्यूनीकरणका लागि लोको पाइलटहरूलाई विशेष प्रशिक्षण

दार्जीलिङ हिमालयन रेलवे ठेकेदार कल्याण समितिका दिवंगत सदस्यहरूको परिवारलाई समवेदना अर्पण

दार्जीलिङ हिमालयन रेलवे ठेकेदार कल्याण समितिका दिवंगत सदस्यहरूको परिवारलाई समवेदना अर्पण

एसआईआरमा नाम काटिएकाहरूलाई भाजपा टोलीको आश्वासन

एसआईआरमा नाम काटिएकाहरूलाई भाजपा टोलीको आश्वासन

गोजमुमोद्वारा गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायत कार्यालयमा विभिन्न मागसहित ज्ञापनपत्र दर्ता

गोजमुमोद्वारा गोराबारी मार्गरेट्स होप ग्राम पञ्चायत कार्यालयमा विभिन्न मागसहित ज्ञापनपत्र दर्ता

आजको रोजाइ