मलट पुल बजारमा ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना।

Share this news

मिरिक  : (निसं) सुके खण्ड अन्तर्गत पर्ने मलट पुल बजारमा ‘दि बुक थिफ’ नामक खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना गरिएको छ। उक्त पुस्तकालयको स्थापना चर्चित लेखिका सृजना सुब्बाको नेतृत्वमा गरिएको हो। विगत धेरै वर्षदेखि संचालनमा रहेको ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयले ग्रामीण क्षेत्रमा पुस्तकमैत्री वातावरण सिर्जना गर्दै आएको छ। पुस्तकालयको पहिलो शाखा राङभाङ टुक्रेमा, दोस्रो शाखा सात माइल साङमा स्थापना भइसकेको छ भने तेस्रो शाखाको रूपमा मलट पुल बजारमा यो सेवा विस्तार गरिएको हो। स्थानीय बालबालिका तथा युवायुवतीलाई कुलतबाट जोगाउन, मोबाइल फोनको दुरुपयोगबाट टाढा राख्न र पुस्तकप्रतिको रुचि तथा अध्ययन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तकालयको विस्तार गरिएको सृजना सुब्बाले जानकारी गराइन। यस पहलले ग्रामीण क्षेत्रमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा पनि गरिएकाे छ ।


Share this news
आजको रोजाइ
अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

अन्तर्राष्ट्रिय सहकारिता दिवस पालन

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

जीर्ण बाटोमा लड़ेर एक महिला गम्भीर घाइते

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शान्तिलाई एक मौका दिउँ थीमको साथमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

सिक्किम पर्यावरण पर्व जुलाई १-१४सम्म पालन

सिक्किम पर्यावरण पर्व जुलाई १-१४सम्म पालन

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

कविता- हाम्रा भानुलाई ईमेल

कविता- हाम्रा भानुलाई ईमेल

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

खरसाङ सुपर लीग 2025 केएफसी अनि घुम्ती एफसी विजय

नयाँ फलामको पूल निर्माणः नयाँ आशा

नयाँ फलामको पूल निर्माणः नयाँ आशा

आजको भेटघाट भयो रमाइलो

आजको भेटघाट भयो रमाइलो