Teesta River rises by 6-7 meters
Teesta River rises by 6-7 meters

टिस्टा नदीको सतह ६–७ मिटरले उचाइमा

Share this news

टिस्टा बजार क्षेत्रमा बाढीको खतरा बढ्दो

टिस्टा बजार क्षेत्रको टिस्टा नदीको सतह २०२३ को बढी पछि करिब ६–७ मिटरले माथि उठेको पाइएको छ। जल शक्ति मन्त्रालयद्वारा गठन गरिएको एक केन्द्रीय समितिको प्रतिवेदन अनुसार, भारी गाद र सिल्ट थुप्रिएको कारण नदीको सतह बढेको हो, जसले यो क्षेत्रलाई आगामी बाढीको दृष्टिले अझ संवेदनशील बनाएको छ।

टिस्टा बजार महत्त्वपूर्ण व्यापारिक तथा यातायात मार्ग हो, जुन सिक्किम र कालेबुङलाई दार्जीलिङ, खरसाङ आदि क्षेत्रसँग जोड्ने मुख्य नाका हो। यहाँ टिस्टा नदीको दाहिने किनारमा बस्तीहरू छन् भने बाँया किनारमा राष्ट्रिय राजमार्ग १० सञ्चालनमा छ।

समितिको २०२५ को अप्रिल महिनामा प्रकाशित प्रतिवेदन अनुसार, “टिस्ता बजारको डाउनस्ट्रीम क्षेत्रमा नदीको सतह ६–७ मिटरले बढेको छ र नदीको मुख्य प्रवाह दायाँ किनारतिर सरेको छ। यसले देखाउँछ कि माथिल्लो भागबाट आएको गाद यहीँ जम्मा भएको छ, जहाँ उपत्यका फराकिलो हुँदै नदीको ढलान कम हुन्छ।”

Teesta River rises by 6-7 meters

२०२४ को मनसुन, जुन बढीपछि आएको पहिलो वर्षाको सिजन थियो, त्यति नै बेला टिस्टा बजार डुबानमा परेको थियो। बाढीको कारण केही घरहरू जलमग्न बने भने नदी किनार नजिक बसोबास गरिरहेका स्थानीयहरूले आफन्तको घर वा समुदाय भवनमा आश्रय लिनुपर्‍यो। पानीको स्तर बढेसँगै लप्चु–पेशोक मार्ग हुँदै आउने सवारी आवागमन पनि लामो समयसम्म बन्द भएको थियो।

प्रतिवेदन अनुसार, मेल्ली क्षेत्रमा नदीको सतह झन्डै १४ मिटरले माथि उठेको छ। मेल्ली र टिस्टा बजार दुवै क्षेत्रमा गम्भीर गाद थुप्रिने क्रमले तीव्र बाढीको जोखिम बढेको उल्लेख गरिएको छ।

समितिको अध्ययन अनुसार, बढी पछि सिक्किम र पश्चिम बंगालका विभिन्न क्षेत्रहरूमा टिस्टा नदीको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ। उच्च क्षेत्रहरूमा नदीको कटान तीव्र देखिएको छ भने तलतिर गादको भारी थुप्रो परेको छ। यसले नदीको प्रवाहमार्ग परिवर्तन, सतह उचाइमा वृद्धि र बग्ने दिशामा फरक ल्याएको छ।

समितिले सुझाव दिएको छ कि कम जोखिम भएका क्षेत्रमा नदीलाई स्वाभाविक रूपमा स्थिर हुन दिइनु पर्छ भने उच्च जोखिमयुक्त क्षेत्रहरूमा नदी नियन्त्रण कार्य, क्याच्मेन्ट ट्रीटमेन्ट, र बाढी क्षेत्रमा जोनिङ कार्य प्राथमिकतामा राखेर चरणबद्ध व्यवस्थापन गरिनु पर्छ।

एनएच -10 को महत्त्वलाई ध्यानमा राख्दै सरकार तथा सम्बन्धित निकायहरूले उचित कदम नचाले भविष्यमा ठूलो जनधनको क्षति हुन सक्ने विज्ञहरूको चेतावनी छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ