टिस्टा र रङ्गीतले साँध-सीमा छुट्टाए पनि हाम्रो आत्मा छुट्याउन सक्दैन: मुख्यमन्त्री गोले

Share this news

दार्जीलिङ,23 दिसम्बर(निसं): दार्जीलिङ तथा सिक्किमको सीमालाई टिस्टा र रङ्गीतले छुट्टाएको भए पनि दुबै क्षेत्रमा बसोबास गर्नेहरुको आत्मा कुनैदिन छुट्याउन नसक्ने सिक्किमका मुख्यमन्त्री प्रेमसिह तामाङले बताएका छन। सोमबार व्याक्तीगत रूपमा दार्जीलिङमा आयोजना गरिएको एक कार्यक्रममा भाग लिन आइपुगेका  मुख्यमन्त्री तामाङले भने, दार्जीलिङ तथा सिक्किमको राजनैतिक धरातल भिन्न-भिन्नै भएपनि दुवै क्षेत्रमा बसोबास गर्ने मानिसहरुको आत्मा एउटा छ। जो जन्म-जन्मान्तरसम्म चल्नेछ। उनले अझ भने, दार्जीलिङ तथा सिक्किमको सम्बन्ध नङ र मासु सरह छ। प्रशासनिक एवं राजनैतिक बाहेक सास्कृतिक, धार्मिक, शैक्षिक, भाषिक लगायत सम्पुर्ण कुरामा नै एक अनि एकतामा छ। यति मात्रै होइन दार्जीलिङलाई पर्दा सिक्किम तथा सिक्किमलाई आइपर्दा दार्जीलिङ सदैव खडा छ। जसले केवल हामी प्रशासनिक एवं राजनैतिक रूपमा अलग्गै हौ, तथापि आत्मीयता भने कदापि कम होइनन् भन्ने सन्देश दिँछ। यसका साथमा मुख्यमन्त्री गोले आफु आफ्नो व्यक्तिगत भ्रमणमा दार्जीलिङ आएको तथा आफुलाई दार्जीलिङको राजनीतिमा कुनै चासो नरहेको तथा नराख्ने समेत स्पष्ट बताए। कार्यक्रमको सम्बोधनमा उनले अझ भने, म मुख्यमन्त्री होइन जनसेवक भएर काम गर्न चहान्छु। राजनैतिक बाहेक परेको बेला म कुनैदिन साँध-सीमा कुनैदिन  छुट्टाउदिन। यसको साथमा आफुले कुनैपनि कामलाई मनभित्रबाट गर्ने बताउदै केवल औपचारिकलाई विश्वास नगर्ने बताए। दार्जीलिङमा आफुले दार्जीलिङ सरकारी कलेजमा बिताएको पुरानो दिनहरुलाई स्मरण गर्दै गोलेले भने, मेरो दार्जीलिङसँग कलेज पढदादेखि नै अत्यन्तै आत्मीय सम्बन्ध छ। जतिबेला निनिको दोकानमा खाएको मोमोलाई हालसम्म पनि नभुलेको तथा अहिले पनि दार्जीलिङ आउँदा त्यस दोकानको मोमो खाएर नै जाने समेत मुख्यमन्त्री गोलेले बताए।
विशेष कार्यक्रममा सोमबार दार्जीलिङ-सिक्किम डायसिस प्रमुक विशप स्टेफन लेप्चाको जन्मदिनमा उपस्थिति हुनु पाउनु आफ्नो निम्ति अहोभाग्य रहेको महसुस गरेको तथा विशपले देखाएको बाटोलाई समाजले अनुशरण गर्नुपर्ने समेत मुख्यमन्त्री गोलेले बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ