लुम्बिनी न्युज फेस्टिभलमा पुग्यो सिक्किम पत्रकार टोली 

Share this news

आइतबारदेखि सुरु हुने तेस्रो लुम्बिनी न्युज फेस्टिभल तथा लुम्बिनी प्रेस क्लबको स्थापना दिवस कार्यक्रममा सहभागिता जनाउन प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम राउतको नेतृत्वमा चार सदस्यीय पत्रकार टोली शनिबार लुम्बिनी आइपुगेको छ। टोलीमा पत्रकार रुद्र कौशिक, एनबी घिमिरे र सुवेन प्रधान रहेका छन्।

लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा पत्रकारितासम्बन्धी मुद्दामा बहस गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनी, नेपालमा आयोजना हुन लागेको तेस्रो लुम्बिनी न्युज फेस्टिभल लुम्बिनी प्रेस क्लबको आयोजनामा तीन दिनसम्म सञ्चालन हुनेछ। यसअघि यो फेस्टिभल २०१९ र २०२३ मा आयोजना गरिएको थियो।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीका अनुसार २०१९ को डिसेम्बरमा आयोजना गरिएको पहिलो फेस्टिभलमा काठमाडौँबाट ५० भन्दा बढी अग्रज सम्पादक तथा पत्रकार सम्बद्ध संस्थाका प्रतिनिधिसहित नेपालभरका करिब ३०० जनाको सहभागिता रहेको थियो। दोस्रो फेस्टिभल २०२३ मा स्थानीयस्तरमा आयोजना गरिएको थियो। यसपटक भारतबाट मात्रै करिब ४० जना पत्रकार सहभागी हुनेछन् भने काठमाडौँबाट आधा दर्जन अग्रज पत्रकारको सहभागिता रहनेछ।

भारतका सिक्किम, नयाँ दिल्ली, लखनउ, अयोध्या, काशी, गोरखपुर र महाराजगन्जबाट स्थानीय तथा राष्ट्रियस्तरका पत्रकार सहभागी हुनेछन्। यसका साथै नेपालको चितवन, पोखरा र बर्दियाबाट पर्यटन व्यवसायी तथा सञ्चारकर्मी पनि सहभागी हुनेछन्।

प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेका अनुसार शनिबार साँझ साइटसिन र मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन गरी फेस्टिभलको औपचारिक सुरुआत गरिनेछ। आइतबार बिहान ८ बजी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि नेपाल-भारतका सञ्चारकर्मी तथा पर्यटन सरोकारवालाको सहभागितामा विभिन्न शीर्षकमा तीन सत्र सञ्चालन गरिनेछ।

सोमबार बिहान लुम्बिनीको पर्साचोकबाट मायादेवी मन्दिरसम्म ‘पिस हेरिटेज वाक’ आयोजना गरिनेछ। त्यसपछि एक घण्टा पत्रकार आचारसंहिता सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। फेस्टिभलको समापनसँगै लुम्बिनी प्रेस क्लबको ११ औँ स्थापना दिवस मनाइनेछ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, नेपालको मूलधारका छापा, टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादक, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू, विभिन्न नेता तथा अधिकारीहरू, प्रदेशका १२ जिल्लाका पत्रकार महासङ्घका अध्यक्ष, पर्यटन व्यवसायी, उद्योगी, सामाजिक सङ्घसंस्था, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहनेछ।

करिब ४० मिडियाबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा ५ सयभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ। उद्घाटन सत्रपछि ‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामर्थ्य’ तथा ‘पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता’ जस्ता विषयमा पनि प्यानल छलफल हुने बताइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ