चिया श्रमिकहरूको रोज चुनावी मुद्दा बन्न सक्छ

Share this news

खरसाङ, (सुवास छेत्री): आगामी विधानसभा चुनाउमा चिया श्रमिकहरूको दैनिक रोज चुनावी मुद्धा बन्न सक्ने सम्भावना देखा परेको छ। अहिले दार्जीलिङ पहाडका चिया श्रमिकहरूको दैनिक रोज दुइ सय पचास रूपियाँ मात्र छ। जसले चिया श्रमिकहरूको दैनिक जीवनयापनमा निक्कै असर गरेको छ। वर्तमान चिजबिजको आकासिँदो मूल्यवृद्धिको कारण केवल दुइसय पचास रूपियाँले जीवन धान्न उनीहरूलाई हम्मे हम्मे पर्दछ। आफ्ना नानीहरूलाई भनेजस्तो शिक्षा दिन अथवा खान-लगाउन दिन नसक्दा उनीहरू दुःखी हुन्छन्‌‍ औ आक्रोश व्यक्त गर्छन्‌‍। यस्तो स्थितिमा यसपल्ट चुनाउको समय यहाँका राजनीतिक दलहरूले चिया श्रमिकहरू माझ दैनिक रोज वृद्धिको कुरालाई लिएर चुनाउ प्रचारमा जान सक्छ्न। त्यसो त केहीदिन अघि मात्रै भारतीय जनता पार्टी (भाजपा) ले चिया श्रमिकहरूको दैनिक हाजिरा आठसय गर्ने वाकालती गरिरहेको थियो भने यता पश्चिम बंगाल राज्य सरकार अधिनस्थ तृणमूल कङ्ग्रेसले तीनसयभन्दा अधिक बनाउने सङ्कल्प लिइरहेको छ। यता पहाडको सत्तारुढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि तृणमूल काङ्ग्रेसको अडानलाई समर्थन जनाउँदै अवश्यनै चिया बगान श्रमिकहरूको रोज वृद्धिको निम्ति उचित पसल गर्ने बताइरहेको छ। पहाडका अन्य राजनीतिक दलहरूले पनि अघिबाटै चिया श्रमिकहरूको दैनिक रोजबारे अहिलेदेखि नै आवाज उठाइरहेका छन्‌‍ मुद्धा चिया श्रमिकहरूको दैनिक रोज वृद्धि नै हुने प्रायः निश्चित देखिन्छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ