एसआईआर हेयरिङमा चिया बगानवासीलाई समस्या भइरहेको छः जेबी तामाङ

Share this news

दार्जीलिङ, 20  जनवरी(निस) : मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) को हेयरिङ प्रक्रि यामा चिया बगानका मानिसहरूलाई कागज पत्र विषयमा धेरै समस्या भइरहेको भागोप्रमोको श्रमिक संगठन प्रमुख जेबी तामाङले दावी गरेका छन्। उनले भने, धेरैवटा चिया बगानका श्रमिकहरू हेयरिङको कारण आफ्नो काममा जान सकेका छैनन् । विभिन्न ठाउँहरूबाट गाउँ-घरमा छोरी-चेलीहरू विवाह भएर आएका छन् । उनीहरूलाई धेरै समस्या भइरहेको छ भने कतिलाई मागिएको कागज पत्र नभएको कारण समस्या भइरहेको छ। दिनभरि लाइनमा बसेर पनि काम भएको छैन।

दुनियाभरिको कागज पत्र दिनु र हामी भारतका नागरिक हौं भनेर आज प्रमाण दिनु पर्दैछ। चिया बगान क्षेत्रमा धेरै बगानका काम नगर्नेहरू छन्। बगानमा काम नगर्नेहरूलाई चिय बगानका प्रबन्धकले चिट्ठी लेखेर दिन मानेका छैनन् । दाजीलिङ पहाड़का चिया श्रमिकहरूले २००९ देखि नै भारतीय जनता पार्टीलाई भोट हाल्दै आएका हुन्, जसको उपहार आज उनीहरूले पाएका छन् भनी उनले

व्यङ्ग्य कस्तै हेयरिङ विषयमा चिया बगान क्षेत्रका मानिसहरूलाई भइरहेको समस्या तथा असुविधाबारे आज नै पार्टी प्रमुख साथै पार्टीका शीर्ष नेतृत्वहरूसित बसेर कसरी समाधान सूत्र निकाल्नुपर्ने भन्ने विषयमा कुराकानी गर्ने बताउँदै मानिसहरूलाई पार्टीका कार्यकर्ता साथै शाखा कमिटी, ब्लक कमिटी साथै समष्टि कमिटीहरूले पनि सहयोग गर्नुपर्ने कुरा तामाङले गरेका छन्।

सन् २००२ को मतदाता सूचीमा नाम नहुने हरूलाई अवैध बनाउन खोजिरहेको भ भन्ने बताउँदै उनले भने, हामीले २०२४-सम्म भाजपालाई भोट हालेर, यहाँबाट सांसद बनाएको पनि अवैध भयो ? देशमा सरकार बनाउन प्रत्येक ५ वर्षमा लोकसभा चुनाउ हुन्छ,उसो भए सांसद पनि अवैध भयो ? हाम्रो भोट लगेर सरकारमा बस्ने पनि अवैध भयो ? प्रश्न गर्दै तामाङले भने, २००२-को मतदाता सूचीमा नाम नआए र मतदाता सूचीमा नाम काटिए कहाँ गएर बस्नु ? प्रश्न गर्दै उनले केन्द्र सरकारले मान्छेहरूलाई अस्त-व्यस्त बनाएर दुःख दिने काम गरिरहेको ठोकुवा गर्दै केन्द्र सरकारमाथि कतिपय अभियोगहरू पनि लगाए।

अर्कोतिर तामाङले दार्जीलिङ पहाड़का ८७ वटा चिया बगानमध्ये हाल पानीघट्टा, सिंगताम, मुण्डाकोठी, धोत्रे, तुङसुङ, कलेजभेल्ली, पान्दाम,चुङथुङ र सिंगला गरी ९ वटा बगानहरू बन्द अवस्थामा रहेको बताए। राम्रो निवेशकर्ता (कम्पनी) -हरू आए मात्र बन्द बगानहरू खोल्न सकिने पनि उनले जनाए। उनले भने, बन्द बगान चलाउने मालिकले पीएफ र ग्रेच्युटी पनि दिनुपर्छ। कुनै मालिकले बगान किन्छ भने पहिला नै २, ३ करोड़ जम्मा गरेर मात्रै बगानमा पस्नुपर्छ । बन्द बगानहरूमध्ये हाल रंगबुङ सिडर्स, मुण्डाकोठी, चुङथुङ, धोत्रे अनि तुङसुङका श्रमिकहरूले फौलाईको रकम पाइरहेको पनि तामाङले जानकारी गराए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ