तामसिङ भएर थापाधुरासम्म जाने रोडको निर्माण कार्य शुरु

Share this news

सोनादा, (निसं)ः सोनादा पचेङ समष्टि अन्तर्गत तामसिङ भएर थापाधुरासम्म जाने रोड निर्माणको कार्य शुरु गरिएको छ। यस क्षेत्रको दीर्घकालीन रुपमा रहेको माग आज आएर पूरा भएको छ। यस क्षेत्रमा अहिलेसम्म गाड़ी कुद्नलाई अलकत्रे सड़क थिएन। अलकत्रे रोड नभएकोले यस क्षेत्रको मानिसहरुलाई धेरै असुविधा भईरहेको थियो। तर अहिले आएर सोनादा पचेङ समष्टि अन्तर्गत तामसिङ भएर थापाधुरासम्म जाने दयनीय अवस्थामा रहेको रोडको निर्माण कार्य शुरु गरिएको छ।

उक्त रोडको मरमत्तिको कार्य शुरु गरिएको अवसरमा सोनादा पचेङ समष्टिका को-अर्डिनेशन कमिटीका सदस्य सुकदेव राई, सुखिया खण्ड उप सभापति मनखुस राई, भिरकमान तामसिङ फूलबारी खण्ड सदस्यहरू किसान छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खण्ड चारको सभापति अरुण बराईली, कन्ट्रयाक्टर लगायत अन्यहरु उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खण्ड चारको सभापति अरुण बराईली र थापाधुराका स्थानीय नर्बु लामाले यस क्षेत्रमा रोड निर्माणको लागि कार्य शुरु गरिएकोमा जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद अनोस थापा, सोनादा पचेङ समष्टिको को-अर्डिनेशन कमिटीको सदस्य सुकदेव राई आदिलाई विशेष धन्यवाद दिएका छन्‌‍।

यस अवसरमा अरुण बराईलीले भने, हामीले यतिका वर्ष फूलबारी, थापाधुरा तामसिङ क्षेत्रमा बसोबासो गर्दै आएको र अहिलेसम्म कसैले पनि कुनै पनि प्रकारको सरकारी सहुलियतहरु प्राप्त भएको छैन। तर अहिले आएर यस क्षेत्रमा बाटो निर्माणको कार्य शुरु गरिएको छ। अहिलेसम्म केही नपाएको जीटीए प्रमुख अनित थापाको सहयोगमा बाटोको काम शुरु भएकोमा सम्पूर्ण गाउँको तर्फबाट जीटीए प्रमुख अनित थापालाई तिनले धन्यवाद दिएका छन्‌‍। यसरी नै स्थानीय नर्बु लामाले पनि यस क्षेत्रमा बाटोको ठूलो बुनियादी समस्या थियो जुन अहिले आएर समाधान भएको छ। उनले यसको लागि जीटीए प्रमुख अनित थापा, पार्टीको समष्टि कमिटी र खण्ड समितिलाई पनि स्थानीय गाउँहरुको तर्फबाट धन्यवाद दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ