IGJF booth committee Darjeeling
IGJF booth committee Darjeeling

तकलिङ-पेशोक समस्टिमा तकलिङ बुथ न०२४/६० बुथ कमिटि गठन

Share this news

तकलिङ-पेशोक समस्टि अन्तर्गत बुथ न० २४/६० तकलीङ निम्न बुनियादी पाठशाला को बुथ लेबल कमिटि सङ्गलबार गठन गरिएको थियो। परिवर्तनप्रेमी साथीहरू उत्साहका साथ श्रीमान अजय एडवर्डस् ज्युका भिजन, कर्म अनि कर्म शैलीमा आकर्षण भई अघि आएर आइजीजेएफ पार्टीलाई समर्थन गर्ने जमर्को कसेका छन्।

यसअघि पार्टीको सांगठनिक ढाँचालाई शसक्त बनाउँदै रेलिङ कैजले समष्टि, युवा जनशक्ति फ्रण्ट कोअर्डिनेसन कमिटी गठन गरिएको थियो । एक सभामा पार्टी प्रमुख श्री अजय एडवर्ड्स ज्यूको उपस्थिति लगायत दार्जीलिङ महकुमा समिति युवा संयोजक श्री राब्गे राई अनि रेलिङ कैजले समष्टि संयोजक श्री रूपक चन्द्र तामाङ (दोर्जे) को उपस्थितिमा गठन गरिएको हो।

समितिको प्रमुख संयोजकको रूपमा: श्री सागर गुरुङलाई नियुक्त गरिएको छ भने क्रमैसँग श्री सच्चिन गुरुङ, श्री रोसन छेत्री, श्री फुर्तेम्बा सेर्पा, श्री अशित लिम्बू अनि श्री अनुप प्रधानलाई संयोजकको रूपमा नियुक्त गरिएका छन्।
अर्कोतिर कालेबुङ जिल्ला अन्तर्गत 42 नम्बर समष्टि को रेली समथारमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट नारी एकाईको शाखा गठन भएको थियो। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट नारी एकाई जिल्ला संयोजिका सफिरा राईको विशेष उपस्थितिमा गठन भएको नारी एकाई शाखा समिति अध्यक्ष प्रिसिला लेप्चालाई चयन गरियो। त्यसरी नै उपाध्यक्ष तथा प्रसार प्रचार सचिव एकता मुखिया, उपाध्यक्ष मन माया सुब्बा, सचिव कोटिल्डा राई, सह सचिव सुष्मा राई, कोषाध्यक्ष जेनेट लेप्चा, सह कोषाध्यक्ष मिलन ठटाल, प्रमुख सल्लाकार राचेल लेप्चा र यामी लेप्चालाई चयन गरिएको छ।

आजको सभामा नारी एकाई जिल्ला संयोजिका सफिरा राई,केन्द्रीय कार्यकारिणी सदस्य रीमा भुटिया, क्षेत्रीय अध्यक्ष एन्थोनी लेप्चा, सचिव राजेन काल्देन, युवा संयोजक ग्याल्पो छिरिङ लेप्चा, युवा सदस्य अल्बिन लेप्चा लगायत अन्य उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ