Share this news

खरसाङ, 14 जुलाई (हनोक): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न टेबल टेनिस टुर्नामेन्टमा सिलगढी, दार्जिलिङ, खरसाङ, कालेबुङ, गोरुबथान लगायत विभिन्न स्थानहरुबाट प्रतियोगीहरु उपस्थित रहेका थिए। यस टुर्नामेन्टमा मेन्स सिंगल्समा सिलगढीका बिनीत प्रधान विजय भए भने कालेबुङका याकुब तामाङ उप विजेता बनेका छन्। त्यसरी नै गर्ल्समा टिस्टा तोर्सा सिलगढीकी साहिनिका चाकी विजेता र सिलगढीकै साईना भौमिक उप विजेता बनिन्। यही टेबल टेनिस प्रतियोगिताको अण्डर 16 बोइजमा सिलगढीको सोहन पल विजेता र सिलगढीकै मयुक सरकार उप विजेता बनेका छन्। यस टेबल टेनिस प्रतियोगिताको मेन्स सिंगल्सका विजेतालाई ट्रफीको साथमा 8 हजार र उप विजेतालाई ट्रफीको साथमा 4 हजार, गर्ल्सको विजेता र उप विजेतालाई ट्रफीससहित 4 हजार र 2 हजार अनि अण्डर 16 बोइजलाई ट्रफीसहित 4 हजार र 2 हजार रुपियाँ पनि प्रदान गरिएको छ। यस एक दिवसीय टेबल टेनिस प्रतियोगिताको फाइनल खेलमा अतिथिको रुपमा विद्युत् विभाग खरसाङको म्यानेजर सन्दीप तामाङ, पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोन र ब्याटमिन्टन एसोसिएसनको सभापति प्रेमेन्द्र गुरूङ लगायत अन्यहरु उपस्थित रहेका थिए। यस टेबल टेनिस प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै टेबल टेनिस प्रतियोगिता विषयमा संयोजक बिजय राईले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी वर्ष पनि टेबल टेनिस प्रतियोगिता आयोजना गरिने बताउँदै यो टुर्नामेन्ट पहाडका खेलाडीहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यको साथमा आयोजना गरिएको तर पहाडबाट सहभागिता कम रहेको बताएका छन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन