Share this news

खरसाङ, 14 जुलाई (हनोक): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा एक दिवसीय आठौँ जिल्ला स्तरीय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न भएको छ। खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न टेबल टेनिस टुर्नामेन्टमा सिलगढी, दार्जिलिङ, खरसाङ, कालेबुङ, गोरुबथान लगायत विभिन्न स्थानहरुबाट प्रतियोगीहरु उपस्थित रहेका थिए। यस टुर्नामेन्टमा मेन्स सिंगल्समा सिलगढीका बिनीत प्रधान विजय भए भने कालेबुङका याकुब तामाङ उप विजेता बनेका छन्। त्यसरी नै गर्ल्समा टिस्टा तोर्सा सिलगढीकी साहिनिका चाकी विजेता र सिलगढीकै साईना भौमिक उप विजेता बनिन्। यही टेबल टेनिस प्रतियोगिताको अण्डर 16 बोइजमा सिलगढीको सोहन पल विजेता र सिलगढीकै मयुक सरकार उप विजेता बनेका छन्। यस टेबल टेनिस प्रतियोगिताको मेन्स सिंगल्सका विजेतालाई ट्रफीको साथमा 8 हजार र उप विजेतालाई ट्रफीको साथमा 4 हजार, गर्ल्सको विजेता र उप विजेतालाई ट्रफीससहित 4 हजार र 2 हजार अनि अण्डर 16 बोइजलाई ट्रफीसहित 4 हजार र 2 हजार रुपियाँ पनि प्रदान गरिएको छ। यस एक दिवसीय टेबल टेनिस प्रतियोगिताको फाइनल खेलमा अतिथिको रुपमा विद्युत् विभाग खरसाङको म्यानेजर सन्दीप तामाङ, पूर्व नगरपालिका चेयरम्यान समीरदीप ब्लोन र ब्याटमिन्टन एसोसिएसनको सभापति प्रेमेन्द्र गुरूङ लगायत अन्यहरु उपस्थित रहेका थिए। यस टेबल टेनिस प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै टेबल टेनिस प्रतियोगिता विषयमा संयोजक बिजय राईले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आगामी वर्ष पनि टेबल टेनिस प्रतियोगिता आयोजना गरिने बताउँदै यो टुर्नामेन्ट पहाडका खेलाडीहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यको साथमा आयोजना गरिएको तर पहाडबाट सहभागिता कम रहेको बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ