Ashish Rai Fraud Kalimpong
Ashish Rai Fraud Kalimpong

अठाह्र लाख ठगेको आरोपमा एक युवक पक्राउ, अदालतमा गरियो पेश

Share this news

​फोटोग्राफी व्यवसायका नाममा झण्डै १८ लाख ठगी गरिएको आरोपमा कालेबुङका एक युवक पक्राउ, अदालतमा गरियो पेश। व्यापार विस्तारको प्रलोभन देखाई झन्डै १७ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा कालेबुङपुलिसले मन्सङ निवासी आशिष राईलाई पक्राउ गरेको छ। पीडित रुबेन खवासको लिखित उजुरीका आधारमा पुलीसले भारतीय दण्ड संहिता (IPC) को धारा ४२० र ४०६ अन्तर्गत मुद्दा (FIR No. 39/2026) दर्ता गरी आजै उनलाई कालेबुङ जिल्ला अदालतमा पेस गरेको हो।

रुबेनको आरोप अनुसार पुरानो मित्रताको फाइदा उठाउँदै ‘दारा प्रोडक्सन’ खोल्ने बहानामा आशिषले सो रकम लिएका थिए, जसका लागि रुबेनले आफैँ विभिन्न संस्थाहरूबाट ऋण लिनुपरेको थियो। पछि रकम फिर्ता माग्दा आशिषले दिएका तीनवटा चेक बाउन्स भए र उनले पैसा तिर्न साफ इन्कार गरे। आशिषले सो रकम व्यवसायमा नलगाई घर बनाउन, कार किन्न र अनलाइन गेमिङमा उडाएको उजुरीमा उल्लेख छ। ​अर्कोतिर, आरोपितका भाइ अमित राईले भने रुबेन खवास, अनिल सिक्वाल र आफ्नो दाजुबिच लेनदेन भएको र दाजुले अधिकांश रकम फर्काइसकेको दाबी गरेका छन्।

यस मामिलामा नाम जोडिएका अनिल सिक्वालले यो दाबीलाई पूर्ण रूपमा खारेज गर्दै रुबेनकै मार्फत आशिषलाई चिनेको अनि आफुले कति समय पैसाहरु दिएको पछि उसले फर्काएको तर आफुले भने उसकोबाट्कुनै रकम नलिएको बयान दिएका छन्। उनले आशिष् एकजना बजारमा करोडौँको ऋणमा डुबेको व्यक्ति रहेको र आफुमाथि लगाइएको आरोपमाथि मानहानी मुद्दा समेत लगाउने बताए।
हाल यो मामिला अदालत पुगिसकेको हुनाले अब कानुनी रूपमै यसको अन्तिम फैसला हुनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ