स्वर-श्री-को 4 अगस्तसम्म फारम वितरण 

Share this news

दाजीलिङ, 12 जुलाई (निस): गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको आयोजनामा 61औं वार्षिक नेपाली संगीत प्रतियोगिता स्वर-श्री-2025 सम्पत्र हुनगइरहेको जानकारी गोर्खा दुःख निवारक सम्मेलनले गराएको छ। सम्मेलनको जानकारी अनुसार, यस स्वर-श्री प्रतियोगिताको निम्ति फारमहरू धमाधम वितरण भइरहेको छ। आगामी 4 अगस्तसम्म फारम वितरण गरिनेछ त्यही दिन फारम बुझाउने अन्तिम दिन पनि हो। स्वरपरीक्षण (अडिशन) आगामी 9 अनि 10 अगस्तको दिन सम्मेलनको पुस्तकालय कक्षमा बिहान 10 बजीदेखि राखिएकोछ । स्वर परीक्षाबाट उतिर्ण हुने प्रतियोगीहरूलाई फाईनल राउण्ड अधि एक महिनाको प्रशिक्षण दिइनेछ। उक्त अवसरमा प्रतियोगीहरूले गीत गाउनदेखि सगीत सम्बन्धी पनि ज्ञान हासिल गर्नेछन्। यसको निम्ति सम्मेलनले प्रसिद्ध गायक-गायिका सगीतकारको सहयोग लिनेछ। सेमिफाइनल अनि फाईनल राउण्डमा प्रतियोगीहरूले चारवटा गीतहरू  मौलिक गीत, रिकर्ड भएको कुनै पनि आधुनिक/पप गीत, युगल गीत अनि ठेट लोक गीत गाउन पर्नेछ । सेमी फाईनल राउण्ड आगामी 18 अनि 19 सेप्टेम्बर अनि फाइनल आगामी 21 सेप्टेम्बरको दिन राखिएको छ। विजेता प्रतियोगीहरूले नगद पुरस्कारसंगै सुदर ट्फी, उपहारहरू प्रमाण-पत्र प्रदान गरिने छ। यो प्रतियोगीताले नेपाली संगीत संसारमा सुनौलो इतिहास बनाइसकेको छ। भविष्यमा पनि हाम्रा नवप्रतिभाहरूलाई लगातार रूपमा उत्साह प्रदान गर्न अनि सक्षम बनाउनको निम्ति नेपाली संगीत प्रतियोगीतालाई निस्तरता दिन सम्मेलन कटिबद्ध रहेको सम्मेलनले जानकारी गराएको छ।



Share this news
आजको रोजाइ
बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित