परमपुज्य स्वामी महाराज अनि स्वामी आयुर्वेदाचार्यद्वारा संरक्षित हाम्रो स्वाभिमान ट्रस्टले हरिद्वारामा राष्ट्रियस्तरमा 212औं भानु जयन्ती पालन गर्ने भएको छ। आइतबार हाम्रो स्वाभिमान ट्रस्टको हरिद्वारबाट सञ्चालित अनलाइन बैठकमा विभिन्न राज्यका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यो बैठकमा पश्चिम बङ्गाल, सिक्किम, आसाम, उत्तराखन्ड, त्रिपुरा, गुजरात, निर्णय गरिए अनुसार विभिन्न राज्यका विद्यार्थीहरूबीचमा कविता प्रतियोगिता हुनेछ।
त्यसबाट छनौट भएका पहिलो र दोस्रो कविहरूलाई राष्ट्रियस्तरमा भिडन्त गराइनेछ। राज्यहरूबाट जाने प्रतियोगीहरूको साथमा अभिभावकहरू पनि जानसक्नेछन्। दुइ कवि र अभिभावकको खर्च हाम्रो स्वाभिमान ट्रस्टले बेहोर्नेछ। उक्त प्रतियोगितामा भाग लिन चाहने विद्यार्थीहरूले प्रत्येक राज्यका पदाधिकारीहरूसङ्ग सम्पर्क गर्न पर्नेछ। यसक्रममा पश्चिम बङ्गाल राज्य समितिको लागि सचिव सुश्री मणि थापासङ्ग 8250495903 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।
स्मरण रहोस् आगामी 10, 11 अनि 12 जुलाईमा हाम्रो स्वाभिमान ट्रस्टले तीनदिवसीय राष्ट्रिय कार्यशालाको आयोजन गरेको छ। उक्त कार्यशालाको समापनसङ्गै 13 जुलाईको दिन राष्ट्रियस्तरमा 212औं भानु जयन्ती पालन गरिनेछ। यही कार्यक्रममा राज्यस्तरबाट छनोट भएका प्रतियोगी कविविद्यार्थीहरू राष्ट्रियस्तरमा भिडन्त गराइनेछ। त्यसपछि विजेताहरूलाई विशेष रुपमा पुरस्कार प्रदान गरिनेछ।
त्यसअघि 21 जूनमा राष्ट्रिय समिति, राज्य समिति अनि जिल्ली समितिहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस पालन गरिने निर्णय गरिएको छ। यसक्रममा हाम्रो स्वाभिमान ट्रस्ट राष्ट्रिय महामन्त्री साध्वी देवाधितिले तीनदिवसीय राष्ट्रिय कार्यशालाको आयोजनबारे विस्तृत जानकारी गराएकी थिइन्। हाम्रो स्वाभिमान ट्रस्ट राष्ट्रिय समितिका राष्ट्रिय र अन्तर्राष्ट्रिय संयोजक डा. मोहन कार्कीले भानु जयन्ती र अन्य विषयमा जानकारी गराएका थिए।












