Sushmita Subba did her PhD
Sushmita Subba did her PhD

सुस्मिता सुब्बाले नवसारी कृषि वि.वि.बाट गरिन् पीएचडी

Share this news

सिक्किमको बराखेले, सोरुङ निवासी पिता हाङ्सा राज सुब्बा र माता मुन्नु सुब्बा की सुपुत्री सुस्मिता सुब्बाले गुजरातको नवसारी कृषि विश्वविद्यालय अन्तर्गत रहेको वन विज्ञापन महाविद्यालयबाट आफ्नो विद्यावारिधि (पीएचडी) अध्ययन सफलतापूर्वक सम्पन्न गरेकी छिन्। सन् २०२२ मा देशव्यापी प्रतिस्पर्धात्मक परीक्षामार्फत प्रवेश पाउँदा उनले उत्कृष्ट श्रेणी प्राप्त गर्दै प्रतिष्ठित कार्यक्रमका लागि छनोट भएकी थिइन्। अध्ययन अवधिभर पाएको छात्रवृत्तिले उनको निरन्तर श्रम, शैक्षिक अनुशासन र उच्च क्षमता स्पष्ट पार्दछ। डा. सुस्मिता सुब्बाले आफ्नो विद्यावारिधि अनुसन्धान वन जीवविज्ञान तथा वृक्ष सुधार विभागमा “हल्दु (हल्दिना कोर्डिफोलिया) प्रजातिका विभिन्न क्षेत्रका जनसंख्यामाझ आनुवंशिक, आकृतिक तथा काठ गुणस्तरको भिन्नता” शीर्षकमा पूरा गरेकी हुन्। भारतका विभिन्न भू–भागमा पाइने हल्दु प्रजातिमाथि गरिएको यो अनुसन्धान अत्यन्तै वैज्ञानिक, विस्तृत र महत्वपूण मानिन्छ। उनको अध्ययनले विभिन्न क्षेत्रका हल्दु जनसंख्याकाबीचको आनुवंशिक संरचना, बाह्य बनावट र काठ गुणस्तरको गहिरो तुलना गर्दै उच्च क्षमता भएका जनसंख्याहरूको पहिचान गरेको छ। यसले वृक्ष संरक्षण, प्रजाति सुधार, दिगो उपयोग र भविष्यका प्रजनन कार्यक्रमका लागि आधारभूत सामग्री प्रदान गरेको छ। उनको मेहनत, समर्पण र वैज्ञानिक सोचले हासिल गरेको यो उपलब्धि
सिक्किम, पूर्वोत्तर भारत तथा सम्पूर्ण गोर्खा समुदायको गर्वको विषय बनेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ