Suraj Tamang elected IGJF Ghoom-Jorbanglo group
Suraj Tamang elected IGJF Ghoom-Jorbanglo group

सूरज तामाङ आइजीजेएफ घूम-जोरबंगलो समष्टि अध्यक्ष चयन

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सांगठानिक विस्तारको क्रममा घूम-जोरबंगलो समष्टि अध्यक्षको रुपमा सूरज तामाङ चयन भएका छन्। उनी लगायत नव निर्वाचित सबै पदाधिकारीहरुले पार्टीको भिजनलाई घर दैलोहरुमा पूराउने लिए संकल्प लिए। फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा पार्टीको कर्मी सभा सम्पन्न भयो। उक्त कर्मी सभाको अध्यक्षता पूरण तामाङले गरेका थिए। सभामा पहाडको वर्तमान राजनैतिक स्थितिमाथि गहन चर्चा परिचर्चा गर्दै घूम जोरबंगलो समष्टि गठन गर्ने विषयमाथि चर्चा भयो। सभामा सबैको कुरा सुनेपछि सूरज तामाङलाई सर्वसम्मतिको साथ घूम जोरबंगलो समष्टि अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष विजय राई, सचिव कमला याल्मो (पंचयात समिति सदस्य), सह-सचिव विशाल राई, कोषाध्यक्ष अमित थापा, प्रमुख सल्लाकार दीपु थापा, केसाङ भुटिया, अनिल तामाङलाई चयन गरिएको छ। त्यसरी नै कार्यकारिणी सदस्यहरुमा देबेन राई, पवन तामाङ, पुस्कर तामाङ, योगेन राई, शम्भु छेत्री, सोनी प्रधान, छेसाङ योल्मो, गणेश मुखिया आदि रहेका छन्।

आइजीजेएफ घूम जोरबंगलो समष्टिको नव-निर्वाचित प्रतिनिधिहरुले पार्टीको भिजन अनि पार्टी प्रमुख अजय एडवर्ड्सको सोचलाई घर दैलोमा पुराउने संकल्प लिएका छन्। स्मरण रहोस् इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै माटो पनि नछोडने साथै बाटो पनि नछोडने स्पष्ट बताउँदै आएको छ, जसको फलस्वरुप आइजीजेएफले अलग राज्य गोर्खाल्याण्डको मुद्दालाई इमान्दारिताको साथ अघि बढाउँदै आएका छन् भने पार्टी प्रमुख अजय एडवर्ड्सले आफ्नो गोजीको पैसा लगाएर दुर्गम ग्रामिण क्षेत्रहरुदेखि लिएर गाउँघर, चिया बगान, सिन्कोना बगान, बस्ती आदि क्षेत्रहरुमा पूलहरुको निर्माण, बाटोहरुको खनन कार्य, सार्वजनिक भवन, समाज घर, खेल मैदान आदि जस्ता कार्यहरु गर्दै आइरहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ