क्षतिग्रस्त कप्तान सुरज शर्मा पथको 1-2 दिन भित्रमा मरमति कार्य आरम्भ गरिनेछः सभासद्‌‍

Share this news

खरसाङ, (निसं)ः अविरल वर्षाको कारण क्षतिग्रस्त बनेको खरसाङ्को सुधपा टोलस्थित कप्तान सुरज शर्मा पथ (बाइपास रोड) को खरसाङ चिम्नी देवराली सभासद्‌‍ श्याम शेर्पाले निरिक्षण भ्रमण गरेका छन्‌‍। भ्रमणको अवधिमा सभसद्ले यो क्षतिग्रस्त सड़कको छेउ-छाउका निवासीहरूसित क्षतिग्रस्त सड़क अनि यो सड़क अझ भत्किएको खण्डमा हुन सक्ने सम्भावित खतराको बारेमा चर्चा गरेका छन्‌‍। आफ्नो निरीक्षण भ्रमणको बारेमा बताउदै सभासद्‌‍ श्याम शेर्पाले भने, वार्ड नम्बर 9 का पार्टी प्रतिनिधिहरूले यहाँको सड़क क्षतिग्रस्त बनेको बारेमा मलाई जानकारी गराएपछि म तुरुन्त निरीक्षणको निम्ति आएको हुँ। मैले निरीक्षणको अवधिमा पाएँ, यहाँ सड़क मुनि रहेको कलभर्टको सबै सुरक्षा देवाल भत्किएको रहेछ, सुरक्षा देवाल भत्किएपछि सड़क मुनिको जमिन झोड़ाको भलले खोतलेर सड़क मुनिको भाग खोक्रो बनाएको रहेछ। सड़क खोक्रो बनेकोले अनि सड़क दबिएकोले यहाँबाट गाड़ी कुदाउन पनि अति जोखिम पूर्ण बनेको छ। यो क्षतिग्रस्त सड़क अनि यसबाट हुन सक्ने सम्भावित जोखिमको बारेमा मैला जीटीए मुख्य कार्यपाल अनित थापालाई जानकारी गराइसकेको छु। मुख्य कार्यपालले चाँड़ो भन्दा चाँड़ो विभागीय पक्षसित सम्पर्क गरेर मरमतिको कार्य चाँड़ो भन्दा चाँड़ो गराउने निर्देश दिएका छन्‌‍। कागज पत्रको काम शीघ्र गरेर मरमतिको काम 1-2 दिन भित्रमा हामी आरम्भ गराउने छौँ। सड़क मुनिको कलभर्टको देवाल अनि माटो भलले काटेर सबै बगाएकोले हामी चालकवर्गलाई यहाँबाट गाड़ी नचलाइदिने अपिल गर्छौँ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी तथा वार्ड नम्बर 9 का नेता बन्धन लामा पनि सभासद्सित भ्रमणको अवधिमा रहेका थिए। तिनले दार्जीलिङबाट आएका गाड़ीहरू खरसाङ टुरिष्ट लजबाट सिलगढ़ी जनलाई यो सड़क वन्‌‍ वेको रुपमा प्रयोग गरिने भएकोले यो बाटो अति महत्वपूर्ण छ। सड़क मुनिको जमिन भलले काटिएको कारण खोक्रो बनेकोले यहाँबाट गाड़ी नचलाइदिने अपिल गर्छौँ। यहाँ हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर मोटर बाईक, स्कुटीहरू पनि नकुदाइदिने हामी अपिल गर्छौँ। सभासद्‌‍ श्याम शेर्पा, खरसाङ अभियान्त्रिकी विभागका अभियन्ताहरू, पुलिस प्रशासनका अधिकारीहरूले यो क्षतिग्रस्त सड़कको निरीक्षण गरिसकेका छन्‌‍। चाँड़ै सड़कको मरमति हुने कुरोमा हामी विश्वस्त छौँ भनी बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ