सुनील राईको बाह्रौं कृति प्रणामी धर्म पुस्तकको लोकार्पण

Share this news

दार्जीलिङ,25 नोभेम्बर(निसं):आईतबार दार्जीलिङको रोजब्यङ्क स्थित प्रणामी मन्दिरमा एक भव्य  समारोहवीच लेखक सुनील प्रणामी राईको प्रणामी धर्म पुस्तक केही तथ्य केही सन्दर्भ: श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदाय पुस्तकको विधिवत् लोकार्पण भयो। विभिन्न आध्यात्मिक र इतिहास पुस्तकलाई आधार गरेर प्रणामी धर्म इतिहासलाई खोजपूर्ण रूपमा लेखिएकाे पुस्तक परिचित साहित्यिक श्रष्टा सुनील राईको बाह्रौँ कृति हो, र जम्मा साढ़े तीनसय पृष्ठमा लेखिएको यस पुस्तकद्वारा सम्बन्धित सम्प्रदायको वृत्तान्त परिचय जगजाहेर हुने कुरो प्रणामी धर्मगुरु श्री 108 मोहन प्रियाचारजीले आफ्नो सम्बोधनमा बताए।
श्रीकृष्ण प्रणामी धर्मसभा दार्जीलिङ शाखाले आयोजना गरेको यस महत कार्यक्रममा  गुरुजी श्री 108 मोहन प्रियाचार्यजी महाराजले अध्यक्षता गरेका थिए अनि नेपाली भाषा साहित्यका विद्वान व्यक्तित्व डा. गोकुल सिन्हा प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए। प्रमुख अतिथिले पनि नितान्त रूपमा साहित्यिक सिद्धान्तलाई पालन गरेर लेखिएको यस पुस्तकबाट प्रणामी इतिहास आफूले पहिलो चोटी देख्न पाएको र यसद्वारा प्रणामी सम्प्रदायको परिचय, सिद्धान्त र अभीष्ट अब जन जनमा पुग्ने र सम्बन्धित साहित्यमा शोध गर्ने अध्येतालाई ठूलो सहायता हुनसक्ने कुरो बताए। यसका साथै प्रणामी सिद्धान्तलाई पालन गर्दै एउटा सुसंस्कृत परिवारमा हुर्केर महात्मा बनेका मोहनदास कर्मचन्दको गान्धीवाद देखेरै आफू पनि श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायबाट धेरै प्रभावित रहेको कुरो स्पष्ट बताए।
लोकार्पित पुस्तकमाथि शोधपूर्ण वार्ता प्रस्तुत गर्दै प्राज्ञ समालोचक प्रोफेसर डा. देवचन्द्र सुब्बाले एकाध ठाउँ देखा परेको तक्निकी दोषलाई अर्को संस्करणमा परिमार्जन गर्नुपर्ने सुझाव दिँदै आजको सन्दर्भमा सरल भाषामा लेखिएको यस कृति सामान्य पाठकदेखि लिएर शोधार्थी अध्येताका लागि पनि उपकारी रहेको बताए। यस्तै प्रकारले पुस्तकमाथि नै चर्चा गर्दै वरिष्ठ साहित्यकार समालोचक प्रोफेसर डा. राजकुमार छेत्रीले पनि सम्बन्धित पुस्तक लेखेर सर्जक सुनील राईले आफूमा विद्यावारधि तहको सैद्धान्तिक शोधग्रन्थ लेख्न सक्ने क्षमता प्रस्तुत गरेको बताए।
पुस्तकका लेखक सुनील राईले बितेको कोभिड लकडाउनदेखि प्रारम्भ गरेर साढ़े चार वर्षमा यस कृति लेखी सिध्याएको कुराे प्रकाश पारे। यो कृति लेखन र प्रकाशनसम्मका यस लामो कालखण्डमा अनुभव गरेको तिता-मिठा सम्झना साझा गर्दै पुस्तक प्रकाशनका लागि दिल्लीको प्रतिष्ठित साहित्य प्रकाशन संस्था श्री प्राणनाथ मिशन अघि आएर आज पुस्तक सबैको हातमा पुग्न सकेको बताए। यसमा निर्देशकको रूपमा आफूलाई प्रशस्त सहयोग गरेका धर्मगुरु तथा प्रशिद्ध हिन्दी भाषी साहित्यिक स्रष्टा र द्रष्टा गुरुजी श्री 108 मोहन प्रियाचार्यजी महाराज प्रति स -सम्मान आभार प्रकट गरे। यसका साथै पुस्तक लेखन कार्यमा स्रोत पुस्तक र आवश्यक सुझाव पुरयाएका जम्मा दस जना सहयोगीलाई पनि रूमाल र स्मृति चिह्न प्रदान गरेर कृतज्ञता जनाए।कवि गीतकार कमल रेग्मीले सञ्चालन गरेकाे यस कार्यक्रममा प्रणामी सम्प्रदायका लोकप्रिय कलाकारहरू श्रीमती रोमा थापा ( तकभर), रोशन शेर्पा ( मङ्पु) र पुजन प्रणामी ( बड़ा पुबोंग)- ले सुन्दर भजन प्रस्तुत गरे तथा आयोजक समिति महासचिव मदन शर्मा र अध्यक्ष ज्ञानेन्द्र शर्माले क्रमैले स्वागत सम्बोधन र धन्यबाद ज्ञापन  गरे। यसका साथै पुस्तक प्रकाशक प्राणनाथ मिशन र समारोह आयोजक समिति श्रीकृष्ण प्रणामी धर्मसभा दार्जिलिङ शाखा अनि बाइज्यूराज संघ प्रति पनि आभार प्रकट गर्दै स्मृति चिह्न प्रदान गरे।दार्जीलिङ पहाडी भेगका साहित्यकार लगायत प्रणामी सुन्दरसाथहरुको बाक्लो उपस्थिति रहेको आजको कार्यक्रममा डा. गीता छेत्री, मञ्जुला तामाङ ( सुब्बा), डा. सीके राई, महेन्द्र प्रधान, विजय कुमार राई, सेवा निवृद्ध शिक्षक राजेश थापा र कृतिकारकी माता श्रीमती नन्द कुमारी राईले विशिष्ठ अतिथिका आसन सम्हालेका थिए।गुरुजी श्री 108 मङ्गलदासजी महाराजको तस्वीरमा दीप प्रज्ज्वलन गरेर आरम्भ गरिएको यस समारोहमा वक्ताहरुले भगवान श्री सत्य साई बाबाको शताब्दीऔं जन्मदिनको शुभकामना पनि साझा गरे।

Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने