कप्तान सुरज शर्मा पथ सुधपा टोलमा क्षतिग्रस्त

Share this news

खरसाङ, (निसं)ः खरसाङ्को टुरिष्ट लजबाट उत्तर तर्फ ओह्रालो लाग्ने कप्तान सुरज शर्मा पथ (बाईपास रोड) सुधपा टोलमा मन्टभियटको चौरस्ता नजिक क्षतिग्रस्त बनेको छ। बिहीवार दिनभरी अनि राति भएको लगतार वर्षाको कारण यहाँको झोड़ामा लगतार बगेको भलको कारण यो सड़क मुन रहेको कल्भर्टको देवाल भत्किएर अनि जमिन काटिएर सड़क क्षतिग्रस्त बनेको हो। रोड मुनि रहेको कलभर्टको देवाल अनि माटो भलले बगाएको हुँनाले सड़क मुनिको भाग खोक्रो बनेको छ। रोड मुनिको जमिन खोक्रो बनेकोले सड़कमा भ्वाङ परेको छ भने ठाउँ-ठाउँमा सड़क दबिएको अवस्थामा रहेको छ। यो सड़क अनि झोड़ाको दाहिने-देब्रे दुवै स्थानमा घर-बिल्डिङ रहेकोले सड़क मुनिको जमिन भलले अझ काटेर सड़क घरको सुरक्षा देवाल भत्किएको खण्डमा यहाँको दुई बल्डिङलाई पनि खतरा हुने सम्भावना देखिएको छ। स्थानीय कतिपय मानिसहरूले बताए अनुसार यहाँ रहेको झोड़ाको सुरक्ष देवाल अघिबाट नै भलले भत्काएको थियो। झोड़ाको देवाल भत्किन्दै सड़क मुनको कलभर्टको देवालसम्म भत्काएर सड़क मुनको माटो भलले काटिदिएपछि यो जोखिम उत्पन्न भएको हो। यहाँको सड़क क्षतिग्रस्त बनेकोले प्रशासनले यहाँबाट यान-वाहनको आउजाउमा रोक लगाएको छ। सड़क क्षतिग्रस्त भएको खबर पाएपछि पुलिस प्रशासनका अधिकारीहरू, 28 नम्बर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, खरसाङ अभियान्त्रिकी विभागका अभियन्ताहरूले यहाँको भ्रमण गरेर क्षतिग्रस्त सड़कको रिपोर्ट लिएका छन्‌‍। सभासद्‌‍ श्याम शेर्पाले सड़कको मरमति चाँड़ै आरम्भ गर्ने बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न