पुलीसको सक्रियतामा सफलतापूर्वक जनचेतना कार्यक्रम सम्पन्न

Share this news

कालिम्पोङ जिल्लाको ४५ नम्बर समष्टि अन्तर्गत झोलुङ देवराली रङ्गशाला भवनमा जलढका पुलीस स्टेशनको कुशल आयोजना तथा सक्रिय पहलमा साइबर अपराधविरुद्ध व्यापक जनचेतना कार्यक्रम भव्य तथा व्यवस्थित रूपमा सम्पन्न भएको छ। प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर अपराधका घटनालाई मध्यनजर गर्दै आयोजना गरिएको यस कार्यक्रमले स्थानीय समुदाय, विद्यार्थी, अभिभावक तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूलाई डिजिटल सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा एसडीपीओ गोरुबथान विक्रमजित लामा, जलढका पुलीस स्टेशनका प्रभारी सामुएल इस्लाम, गोरुबथान सर्कल इन्स्पेक्टर डालिम अधिकारीको विशेष उपस्थिति रहेको थियो। साथै सुमन छेत्री, विभुषण थापा, विनम रनपहेली, सुभद्रा गुरुङ, गोपाल छेत्री लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

वक्ताहरूले साइबर क्राइमका नयाँ–नयाँ तरिका, अनलाइन ठगी, फेक कल, ओटीपी ठगी, सामाजिक सञ्जालको दुरुपयोग, मोबाइल गेममार्फत हुने आर्थिक तथा मानसिक शोषण, पोक्सो ऐन अन्तर्गत बालबालिकासम्बन्धी कानुनी प्रावधान, नारी तथा मानव तस्करी जस्ता ज्वलन्त विषयमा विस्तृत रूपमा प्रकाश पार्दै सचेतना जगाएका थिए। उनीहरूले विशेष गरी अभिभावकहरूलाई आफ्ना बालबालिकाको अनलाइन गतिविधिमा निगरानी राख्न, अपरिचित लिंक नखोल्न, गोप्य विवरण साझा नगर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका थिए।

कार्यक्रमकै अवसरमा जलढका प्रहरीले विभिन्न स्थानबाट रिकभर गरेका ५ वटा हराएका मोबाइल फोन सम्बन्धित पीडितहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरियो। ती मोबाइल लिनका लागि कलकत्ता र कुचबिहारबाट समेत पीडितहरू उपस्थित भएका थिए, जसले प्रहरीप्रतिको विश्वास र सहकार्यको उदाहरण प्रस्तुत गरेको छ।

यसका साथै दुई वर्षअघि फेक कलमार्फत तोदे निवासी सञ्जय कुमार तामाङको बैंक खाताबाट ठगी गरी लुटिएको १ लाख रुपैयाँ रकम प्रहरीले अनुसन्धान र सक्रिय पहलद्वारा फिर्ता गराउन सफल भएको थियो। सोही अवसरमा उहाँलाई चेक प्रदान गरी सम्मान गरिएको थियो। यस घटनाले जलढका पुलीस स्टेशनको दक्षता, प्रतिबद्धता तथा पीडितप्रतिको संवेदनशील व्यवहारलाई स्पष्ट रूपमा उजागर गरेको छ।

कार्यक्रम एसआई मधुरण तामाङको संयोजन तथा नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको हो। समग्रमा हेर्दा, जलढका पुलीस स्टेशनद्वारा आयोजित यस्ता सचेतनामूलक पहलहरूले स्थानीय स्तरमा अपराध न्यूनीकरण, डिजिटल सुरक्षाबारे जानकारी अभिवृद्धि तथा प्रहरी–जनता सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ