सिटोङमा भागोप्रमोको समष्टि स्तरीय चुनावी जनसभा सम्पन्न

Share this news

भारतीय प्रजातान्त्रिक मोर्चाको सिटोङ – लाटपञ्चर समष्टि स्तरीय चुनावी जनसभा आज सिटोङ -३ जी० पी० स्थित थामडाँडा खेलमैदानमा दानियल मुखियाको अध्यक्षतामा सम्पन्न भयो। उक्त जनसभामा क्षेत्रीय सभासद तथा जीटीए भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा प्रमुख वक्ताको रुपमा उपस्थित थिए।

यसैगरी केन्द्रीय समितिका सचिव अमर लामा, मङ्पु लाब्दा समष्टि भारप्राप्त सभासद रतन कुमार थापा, अणु प्रधान छेत्री, पीआरओ विज्ञेन मिश्रा लगायत विभिन्न भातृसंगठनका नेतृत्ववर्गको उपस्थिति रहेको थियोे। सभालाई सम्बोधन गर्दै २०१७ पछि आफुले जीटीएको व्यवस्थामा रहेर सिटोङ संगै समस्त पहाडमा धेरै बिकासमुलक कार्यहरु गर्दै क्षेत्र विकासलाई प्रमुखता दिई आएको उल्लेख गरे।

साथै पहाडको माहोललाई शान्तिपूर्ण अनि गणतन्त्र ढाँचामा राखेर सरकारसंग मिलेर काम गरिरहेको बताउँदै पहाडवासीले चार पल्ट गोर्खाल्यान्डको निम्ति भाजपालाई भोट दिएर जिताएर पठाएको हो। त्यसैले गोर्खाल्यान्ड भाजपाले दिनपर्ने उल्लेख गरे। यसरी नै सिटोङले सोचेभन्दा धेरै विकास कार्य यहाँ भइरहेको भन्दै आगमी विधानसभा चुनावलाई हाम्रो आफ्नो चुनाव सम्झेर सबैले पार्टीको उम्मेदवारलाई भारी मतले जिताउने आव्हान गरे। यसैक्रममा विपक्षी दलको मुल मुद्दा नै अनित थापालाई हराउनु र जीटीएको कुर्सीमा बस्नु मात्रै रहेको बताए।

वक्तव्यको क्रममा रतन थापा, अमर लामा, विज्ञेन मिश्राले आगमी चुनावी माहोल लाई केन्द्र गरि जनतालाई सचेत अनि जागरुक भएर सही निर्णय लिंदै भागोप्रमोको उम्मेदवारलाई भारी मत दिएर विजयी बनाउने अपील गरेका थिए। उक्त सभामा एण्ड्युहाङ्ग सुब्बाले स्वागत मन्तव्य राखेका थिए भने शेल्पु सिटोङ खण्ड समिति सचिव सत्यम राईले सभा सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ