आफ्नु विद्यालय जाने बाटो विद्यार्थीद्वारा आफै सफाइ

Share this news

दार्जीलिङ,21 जुन(निसं): जोरबंगलो सुकिया-पोखरी खण्ड अन्तर्गत पुलुङदुङ ग्राम पञ्चायत वार्ड नम्बर-1 छोटा पुबोङ बस्ती देखि छोटा पुबोङ चियाबारी जोडिने मार्ग हालसम्म गोरेटो मात्रै भएकोले स्थानीयहरु समस्यामा परेका छन। यो बाटोलाई विद्यार्थीहरुले सफाइ गरिएको जानकारी छ। मुख्य रूपमा यस गोरेटो अथवा पोनि रोड दैनिक रुपमा विद्यार्थीहरु, स्वास्थ केन्द्रका कर्मचारी लगायत बिरामीहरु, चियाबारीमा कार्यरत कर्मचारीहरु संगै दैनिक रूपमा बजारपाट गर्ने राशन दोकानसम्म आउजाउ गर्न लगायतका साधारण मानिसहरुको मुख्य मार्ग रहेको छ। यद्यपि, यो बाटो भएर बर्षायाममा आवतजावतमा पुरै कठिनाई भोग्न पर्ने भएको स्थानीयवासीहरु बताउछन्।

एकपट्टी चियाबारी तथा अर्कोतिर निजी जमीन भएर दुई गाउँलाई जोड्ने बाटोलाई छोटा पुबोङ माध्यमिक शिक्षा केन्द्रका विद्यार्थीहरु लगायत शिक्षकहरुको प्रयासमा केही मात्रमा हिडन सकिने बनाउन बार्षिक रूपमा सरसफाइ गर्दै आएको भए पनि त्यो पर्याप्त नभएपछि गाउँवासीहरु बेला-बेलामा बिचल्ली पर्ने गर्दछ्न। यसका साथै उक्त बाटोलाई गाडी चल्न सक्ने सडक बनाइदिन पहल गरिदिने स्थानीयवासीहरु पक्षमा छोटा पुबोङ माध्यमिक शिक्षा केन्द्र प्रभारी छत्रसिह निरौलाले सम्बन्धित विभागप्रती अनुरोध गरेका छन।
यसको निम्ति क्षेत्रीय सरकारले गम्भीरतापुर्वक लिनुपर्ने उनको अनुरोध छ। उनी भन्छन्, हाम्रो पक्षबाट प्रयास गर्छौ तर यो पर्याप्त छैन यसैले हामीलाई सबै वर्गको मानिसहरुको सहयोगको आवश्यकता रहेको छ, हामी समक्ष अहिले जीटीए- को प्रयासमा पञ्चायत समिति, ग्राम पञ्चायत गठन भएको छ, यस्तै चियाबारीको व्यवस्थापन पक्ष पनि छ जसले हाम्रो असुविधालाई पुरा गर्न सक्छ यसैले सबैलाई अपिल गर्दछौ, हामीले सबैको सहयोगमा एक स्थायी समाधान निकाल्न सकौ। अर्कोतिर, आगामी अगष्ट महिनादेखि मनरेगा अर्थात सय दिने योजना शुरु गर्नु भन्ने कोलकता हाई कोर्टको केन्द्र सरकारलाई निर्देशनले साच्चै  काम शुरु भए यो बाटोको पनि काचुलि फेरिने दिन आउन सक्छ की भन्ने झिनो आशा रहेको निरौलाले बताएका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ