शिक्षक-दिवसको उपलक्ष्यमा सम्पूर्ण शिक्षकहरूप्रति समर्पित कथा-

Share this news

शिक्षक-दिवसको उपलक्ष्यमा सम्पूर्ण शिक्षकहरूप्रति समर्पित कथा-

गुरू दक्षिणा

रुबेन गुरूङ
तकभर चियाबारी, दार्जीलिङ।

समय विहानीको यस्तै दस बजेको छ, एउटा कार रफ्तारको साथमा साथ गन्तव्यतिर बड़िरहेछ। केही समयपछि कार एउटा बंग्लो अघिलतिर आएर रोकिन्छ। एक पुलिस अफिसर ओर्लन्छ, गाड़ीको दरवाजा एक सिपाहीं पछिल्लो सीटबाट कुत्दै आएर खोलिदिन्छ। गाडीको दरवाजा खोलिन साथ कम्मरदेखि तल्तिरको भाग खाकीको प्यान्ट र टल्किरहेको जुत्ता मात्र देखिन्छ। गाड़ीबाट ओर्लेर टकटक गर्दै बंग्लोको मूल ढोका तर्फ बढ्छ साथमा दुइ राइफल म्यान अऩि एक लेडी कन्सटेबल पनि हुन्छ, जसको हातमा एउटा ब्याग हुन्छ, त्यो हेर्दा कुनै गिफ्टको ब्याग भएको जस्तो लाग्छ।
गाडीको छेऊमा ड्राइभर मात्र उभिएको छ।
पुलिस अफसरले इशारा गरेपछि सिपाहींले कल बेल बजाउँछ।
ढोका खोलिन्छ। भित्रबाट एक वृद्धा महिला “को हो ?” भन्दै उभिन्छिन्। राम्ररी नियाल्दै आफू अघि पुलिस अफिसर देखेर अलमल्ल पर्छिन्, यद्यपि वृद्धा महिलाले भन्छिन्- “भन्नुहोस् कति कामले आउनु भयो ?”
अफिसर – “तपाईंलाई नै भेट्न आएको।”
वृद्धा महिला अलमल्ल पर्छिन्। यद्यपि उनले प्रश्न गर्छिन्- “यहाँलाई मैले चिन्न सकिन त ?”
अफिसर – “मेडम, तपाईंसङ्ग एउटा जानकारी लिनको लागि भेट्न आएको….। ”
वृद्धा महिला- “आउनुहोस् भित्रै।”
अफिसर – “होइन निको छ। हामी यहीं उभिएर कुरा गरौं।”
वृद्धा महिलाले आग्रह गर्छिन्- “आउनुहोस् न भित्रै। त्यसपछि बसेर कुरा गरौंला।”
वृद्धा महिला अघिअघि, अफसर अनि लेडी कन्सटेबल पछिपछि भित्र पस्छन्।
दुइ राइफल म्यान दैलोको दुइतिर तैनाथ रहन्छन्।
वृद्धा महिलाले अफिसर अनि लेडी कन्सटेबललाई बस्न लाउँछिन्।
सबै बस्छन्।
वृद्धा महिला आफु पनि बस्छिन्। त्यसपछि कुराकानीको थालनी हुन्छ।
“अनि मैले यहाँलाई चिनिन, कति कामले आउनु भएको हो ?”
अफिसरले उनलाई पुरानो सम्झना दिलाउँदै भन्छ- “म तपाईंको पुराने विद्यार्थी रोहित, जसले स्कूलमा बदमाश गरिरहन्थ्यो। कक्षामा अनौठो प्रश्नहरू सोधेर शिक्षकगणलाई धुरूक्क पार्थ्यो। म त्यही रोहित हो, शिक्षकगणको गुनासो सुनेर मलाई हजुरले कुट्न अनि स्कूलबाटै निकाल्न चाहानु भएको थियो। पछि फेरि हजुरले सोचविचार गरेपछि मलाई जे सोध्न मन लाग्छ, मलाई सोध्नु भनेर मेरो ज्ञानको बाटो खोलिदिनु भएको थियो। मलाई धेरै कुरा सिकाउऩु भएको थियो। मलाई धेरै माया गर्नु भएको थियोे।”
वृद्धा महिला- “अँ…. बल्ल सम्झना आयो।”
वृद्धा महिला अर्थात् स्कूलकी प्रिन्सिपल दुइ दशकअघिको घटनामा पुग्छिन्।
***********
विद्यार्थी नानीहरू खेलिरहेका छन्। स्कूलको बेल लाग्छ। सबै नानीहरू एसेम्बलीतिर लाग्छन्। केही पर तीनजनाको एउटा झुन्ड मात्र झगडा गरिरहेको हुन्छ। जसमा रोहित पनि हुन्छ।
केही क्षणमा ढुङ्गेल सर उनीहरू भएतिर पुग्छन्।
ढुङ्गेल सर – “के हो यस्तो तिमीहरूलाई थाहा छैन स्कूलको बेल लागेको है ! तिमेरु चाँहि बदमाश गर्ने!”
रोहित- “मैले हैन सर, यसले मलाई निहुँ खोज्यो अन्त…”
ढुङ्गेल सर – “चुपचाप एसेम्बलीमा हिंड त्यसपछि कुरा हुन्छ।
तीनै नानीहरू एसेम्बलीमा जान्छन्।
ढुङ्गेल सरले उनीहरु तीनैलाई कान समातेर उठबस गर्न लाउँछन् अनि केही क्षणमा एसेम्बली आरम्भ हुन्छ।

एसेम्बली सकिएपछि सबै विद्यार्थीहरू आ-आफ्नो क्लाशरूमतिर दगुर्छन्।

ढुङ्गेल सर, जस्ले राहुल र उसको साथीको झगड़ा देखेका थिए, प्रिन्सिपल मेडमको च्याम्बरमा प्रिन्सिपल सरसंग कुरा गर्दै ढुङ्गेल सर- “मेडम, क्लाश फाइभको रोहित धेरै बदमाश छ, प्रतिदिन त्यसले झगडा गर्छ।”
प्रिन्सिपल – “हैन सर, यो राहुलको कम्प्लेन धेरै पल्ट आइसक्यो, अब त उसको गार्जनलाई बोलाएर सम्झाउनु पर्छ होला।”
ढुङ्गेल सर- “हो मेडम, त्यति मात्रै होइन होइन, सधैं अनौठो र उटपट्याङ्ग कुरा गर्छ।”
प्रिन्सिपलः ठीक छ यसबारे म सोच्ने छु, खाँचो परे रोहितको प्यारेन्टसलाई बोलाउन पर्छ।”

यसबेला सबै क्लाशमा पढ़ाइ चलिरहेको हुन्छ। रोहितको क्लाशमा पनि पढाइ चलिरहेको छ। स्मृति मिसले बोर्डमा केही लेख्दै विद्यार्थीहरूलाई बुझाउने कोशिश गरिरहेकी हुन्छिन्।
स्मृति मिसले सबैलाई सोध्छिन्- “तिमीहरूले बुझ्यौ ?”
सबैले एकसाथ भन्छन्- “बुझ्यौं मिस !”
रोहित उठेर भन्छ- “सबैले बुझेछन्, मैले चाँहि बुझिनँ मिस !”
स्मृति मिसलाई रोहितप्रति रीस उठ्छ, यद्यपि उनले आफुलाई सम्हाल्दै भन्छिन्- “के बुझेनौ रोहित तिमीले ?”
रोहितले आफुभित्रको जिज्ञासा पोख्छ- “मिस, Sitar को अर्थ हुन्छ बजाउने सितार। तर सिनेमाको स्पेलिङ्ग चाँहि Cinema किन ? Sinema हुनपर्ने होइन र ?” त्यस्तै “Now भनेको नाउ हो, फेरि Know पनि किन नाउ हुन्छ, कनाऊ हुनपर्ने होइन ?”
स्मृति मिस रोहितलाई कसरी बुझाउने भनेर अलमल्ल पर्छिन् । “ठीक छ रोहित। तिमीलाई केही क्षणपछि बुझाउनेछु। अहिलेलाई बस।”
रोहित बस्छ, स्मृति मिस क्लाश रुमबाट निस्किन्छिन्।

अर्कोतिर प्रिन्सिपल आफ्नो काम गर्न व्यस्त हुन्छिन्। स्मृति मिस त्यहाँ पस्छिन्, अनि रोहितको बारेमा गुनासो गर्न थाल्छिन्।
प्रिन्सिपलले छेवैको लट्ठी टिपेर उठ्दै “हिड्नुहोस् मिस, कुन रहेछ त्यो रोहित !” दुवै निस्कन्छन् अनि
प्रिन्सिपल अघिअघि, स्मृति मिस र ढुङ्गेल सर पछिपछि रोहितको क्लाशरुमभित्र पस्छन्।
प्रिन्सिपलले स्मृति मिसलाई सोध्छिन्- “कुन हो त्यो रोहित ?”
स्मृति मिसले रोहिततिर इशारा गर्दै भन्छिन्,- उ… त्यही हो मेम।
प्रिन्सिपलले चर्को स्वरमा भन्छिन्- “रोहित, तँ यहाँ आइज !”
रोहित बेञ्चबाट निस्केर डराउँदै प्रिन्सिपल पुग्छ। प्रिन्सिपलले लट्ठी हिर्काउन खोज्दाखोज्दै
रोहित आत्तिएर भन्छ- “मलाई नकुट्नुहोस् मेम, म आमाबाबु नभएको टुहुरो हुँ। बोजुले पढाउनुहुँदैछ।”
ढुङ्गेल सर बोल्छन्- “मेम, यसलाई स्कूलबाटै निकाल्न पर्छ।”
रोहितले हात जोर्दै विनती गर्छ-“मलाई स्कूलबाट पनि ननिकाल्नुहोस्, म धेरै पढ्न चाहान्छु मेम।”
प्रिन्सिपल केही सोचमा पर्छिन्।
प्रिन्सिपलले झपार्दै भन्छिन्- “त्यसो हो भने तैंले टीचरहरूलाई किन समस्यामा पार्छस् हँ ?
रोहितले डराउँदै भन्छ- “हस् मेम, अबदेखि मैले नजानेकोस नबुझेको केही कुरा सोध्ने छैन।”
प्रिन्सिपलले रोहितलाई सम्झाउँदै भन्छ- “तैंले सोध्नु, केही सिक्नकै लागि तँलगायत तेरा यी सबै साथीहरू स्कूल आएका हौ ! नबुझेको कुरा मलाई आएर सोध्नु, बुझिस् !”
रोहित खुशा हुँदै भन्छ- “हस् मेम, धन्यवाद।”
प्रिन्सिपल अघिअघि, स्मृति मिस र ढुङ्गेल सर पछिपछि रोहितको क्लाशरुमबाट बाहिर निस्किन्छन्।

प्रिन्सिपलको रुममा रोहितको विषय लिएर बैठक भइरहेको छ। जसमा स्मृति मिस र ढुङ्गेल सर, एकजना चप्रासी मनराज, अझ दुइजना टीचर देखाउन सकिन्छ। किनकि आज रोहित स्कूल आएको छैन।
प्रिन्सिपलले रोहितको घरमा उसको अवस्था बुझ्न मनराजलाई पठाएकी हुन्छिन्। उनले बैठकमा मनराजलाई सोध्छिन्-“भन त मनराज, तिमी रोहितको घरमा जाँदा के देख्यौ ?
मनराजले उत्तर दिंदै भन्छ- “रोहितको घरमा जाँदा दैलोमा ताला झुन्डिएको थियो। छिमेकीहरूलाई सोद्धा बोजु- नाति घरबाट कतिखेर निस्किए, देखेनन् अरे। फोन पनि स्वीच अफ छ मेम।”
सबैमा बोजु-नाति घरबाट कतिखेर निस्किए, किन निस्किए, आश्चर्य नै भएको छ।
प्रिन्सिपलले आफ्नो विचार व्यक्त गर्छिन्- “मलाई के लागेको छ भने, यो स्कूलमा धेरै विद्यार्थीहरू छन्। तर रोहितले मात्रै किन प्रश्नहरू सोध्छ, कुनै कुराको बारेमा जान्न चाहन्छ। अवश्य नै त्यो केटाभित्र विशेष प्रतिभा लुकेको छ, जसले भविष्यमा केही गर्न सक्छ तर उनीहरू कहाँ गए, अचम्म चाँहि त्यही भयो!”
अर्को कुरा, अबदेखि हामी कसैले पनि कुनै पनि विषयमा जान्ने र बुझ्ने जिज्ञासा राख्छ भने त्यसलाई हामी समाधान गरौं, एकलै सकिँदैन भनेर सबै बसेर त्यस विषयको चर्चा गरेर समाधान खोजौं।”
सबैले सहमति जताउँछन्- “हो, हो मेडम! त्यसै गरौं भन्दै सबैजना उठ्छन्।
***********
अफिसर- “मेडम!”
वृद्धा महिला झसङ्ग हुन्छिन्। त्यसपछि रोहितलाई सोध्छिन्-
“तिमी त्यस्तो केटा, कसरी यति माथिल्लो स्थानमा पुग्यौ ?”
अफिसर उत्तर द्ंदै भन्छ- “हैजाले मेरा बाबा र आमाको ज्यान एकैचोटि गएको थियो। त्यसपछि मलाई मामाले बोजुकहाँ ल्याइदिनु भयो। मामाको सहयोगमा बोजुले नै मलाई पालन-पोषऩ गर्दै हुनुहुन्थ्यो।”
वृद्धा महिलाले रोहितलाई सोध्छिन्- “दिल्लीमा तिम्रो मामा कहाँ के गर्नु हुन्थ्यो ?”
अफिसरले भन्छ- “मेरा मामा दिल्ली पुलीसमा हुनुहुन्थ्यो। मामा-माइजुको छोरा-छोरी थिएन। मलाई नै
उहाँहरूले आफ्नो सन्तानको रुपमा दिल्लीमा नै सबै कुराको व्यवस्था गर्नु भएछ। जुन
अन्तिम दिन म स्कूल आएको थिएँ, त्यो दिन म घर पुग्दा मामा-माइजु मलाई र
बोजुलाई लिन घरमा आइराख्नु भएको रहेछ।”
वृद्धा महिलाले अझ उत्सुक हुँदै प्रश्न गर्छिन्- “अनि के भयो ?”
अफिसर आफ्नो उत्तरमा भन्छ- “मामाको छुट्टी कम भएकोले भोलिपल्ट बिहान उज्यालो नभई हामी घरबाट निस्केका थियौं। त्यसपछि फ्लाइटद्वारा दिल्लीमा नै मेरो पढाइ-लेखाइ भयो अनि यतिको
योग्य भएँ। जे जति हुनसकें तपाईंहरूकै आशीर्वादले भएको छु, जुन मेरो लागि ठूलो कुरा हो।”
वृद्धा महिला- खुशीले गद् गद् हुँदै “हो! कति राम्रो!”
अफिसर- “अझै महत्वपूर्ण कुरा आज टीचर्स डेको पावन पर्वकै दिन मैले यो एसपीको पदवी पाएँ
अनि यसको श्रेय तपाईंलाई जान्छ। किनकि तपाईंले सबै शिक्षकहरूलाई ज्ञान दिनुभयो र मलगायत अन्य विद्यार्थीहरूप्रति सकारात्मक सोच आयो।”
वृद्धा महिलाले आँशु पुछ्दै, केही बोल्न खोज्छिन्, तर ओंठ मात्रै चल्छ।
अफिसरवा एसपी रोहितले भन्छ- “म एसपी भएको खुशीको खबर तपाईंलाई दिन, टीचर्स डेको पावन पर्वको दिनमा धेरै केही दिन नसके तापनि गुरू दक्षिणास्वरुप यो सानो सम्मान दिन चाहान्छु।”
लेडी कन्सटेबलले ब्यागबाट पहिला शल निकालेर अफिसरलाई दिन्छिन्,
अफिसर वा एसपी रोहितले आफ्नी गुरूमालाई शल ओढाइदिन्छ। लेडी कन्सटेबलले ब्यागबाट अर्को एउटा सुन्दर प्याकेट निकालेर एसपी रोहितलाई दिन्छिन्, एसपी रोहितले त्यो उपहार गुरूमालाई दिन्छ।
त्यसपछि रोहितले एसपीको क्याप खोलेर गुरूमालाई ढोग्छ।
गुरूमाले रोहितलाई उठाउँछिन्।
दुवै मुस्कुराउँछन्।
लेडी कन्सटेबलले मोबाइलद्वारा फोटो खिचिदिन्छिन्।।।

******************


Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ