लामाहट्टामा विभिन्न एकाई माझ ढुंगा हान्ने प्रतियोगिता शुरु 

Share this news

लामाहट्टा-पेशोक: 20  दिसेम्बर(निसं):डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाईको आयोजनामा लोसुङ नाम्सूङ पर्व भव्यताको साथ शुक्रबारदेखि लामाहट्टामा शुरु भयो। उक्त अवसरमा दुई दिवसीय द-को प्रतियोगिताको पनि शुरु गरियो। डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाईका सभापति वाङदी डुक्पा, सचिव पेमा वाङदी डुक्पा लगायत अन्य पदाधिकारीवर्गको उपस्थितिमा डुक्पा समुदायको पारम्परिक खेल द -को प्रतियोगिता पनि शुरु गरियो। आज उक्त पारम्परिक खेल द-को अर्थात् ढुंगा हान्ने खेलको पहिलो क्वार्टर अनि सेमी फाईनल खेलको प्रतिस्पर्धात्मक खेल सम्पन्न भयो। आज भएको पहिलो क्वार्टर फाईनल खेल लामाहट्टा (लाम्टा-तल्लो भेग) दस माईल बजार (दाउडे)-सँग  भएको थियो जसमा लामाहट्टाले जीत हासिल गर्दै सेमिफाइनल स्थान बनाउन सफल बन्यो भने दोस्रो क्वार्टर फाईनल खेल घुम बनाम लामाहट्टा लामे माझ भएको थियो जसमा लामाहट्टा लामेले जीत हासिल गरेर सेमिफाइनल जगा पक्का गरेको थियो।
यक्त खेलको सेमी फाईनल पनि सम्पन्न भयो। उक्त सेमी फाईनल खेल लामाहट्टा लाम्टे बनाम जोरबंगलो अनि अर्को सेमी फाईनल खेल रंगयस  बनाम लामाहट्टा लामे माझ सम्पन्न भएको थियो जसमा लामाहट्टा लामे अनि लामाहट्टा लाम्टेले जीत हासिल गर्दै फाईनलामा प्रवेश गरे।डुक्पा समुदायको प्रायः लोपोन्मुख बन्न लागेको द-को खेलको गरिमालाई यथावत् राख्न औ आउने भावीपिडीहरुले पनि यस खेल बारे जान्न सकोस् अनि आनन्द लिन सकोस् भन्ने उद्देश्य लिएर डुक्पा बुद्धिष्ट वेलफेयर एसोसिएसन लामाहट्टा एकाई द्वारा उक्त द-को अर्थात् ढुंगा हान्ने खेलको जगलाई बसाई राख्न कम्मर कसेको अनि यस् पारम्परिक खेललाई शुरु गरिएको एसोसिएसनका लामाहट्टा एकाईका सभापति वाङदी डुक्पाले जनाए। लामाहट्टा, दस माईल क्षेत्रमा निक्कै डुक्पा समुदाय रहेको कारण यस् द-को खेलको जग बसेको अनि अहिलेका युवा जमातलाई पनि यस् खेल बारे धेर थोर जानकारी रहेको कारण नै  खेलमा युवा जमातले सहभागीता जनाएका थिए भने घुम, रंगबुल आदि बाट पनि युवा जमातले सहभागिता जनाएका थिए।
 भोलि डुक्पा समुदायको दशैं ल्होसुङ नामसुङ पर्व रहेको बताउदै सबैलाई ल्होसुङ नाम्सुङको शुभकामना व्यक्त गरे । आज सम्पन्न द-को खेलको क्वार्यर अनि सेमी फाईनल खेलमा जीत हासिल गर्ने दलहरुले आगामी 21 दिसेम्बर फाईनल खेलमा आफ्नो खेल प्रदर्शन गर्ने थप जानकारी सभापति वाङदी डुक्पाले दिदै उक्त फाईनल खेलको दिन डुक्पा समुदयको जातिय पर्वको गीतगै सांस्कृतिक कार्यक्रम पनि भव्यताको साथ आयोजना गरिने थप जानकारी दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ