Ajay Edwards statement Darjeeling
Ajay Edwards statement Darjeeling

भाजपा र गोजमुमो आइजीजेएफसङ्ग डराएको एडवर्डसको भनाइ

Share this news

दार्जीलिङमा कलमको नीब, खरसाङ, कालेबुङ, सिलगढी, नक्सलबारीमा आइजीजेएफको चुनाव चिन्ह तोस रोटी। बिमल गुरूङ र भाजपा यति हदसम्म तल झर्छ भनेर मैले सोंचेको थिइनँ: अजय एडवर्डस इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङ विधानसभा आसनमा कलमको नीब अनि कालेबुङ, खरसाङ,सिलगढी, मतिगढा नक्सलबारी विधानसभा आसनमा तोस रोटी चुनाव चिन्ह प्राप्त गरेको केन्द्रीय संयोजक अजय एडवर्डसले बताएका छन्। तिनले अघि भने हाम्रो चुनाव चिन्ह जहिले पनि तोस रोटी हुने गर्थ्यो, यस पटक पनि हामीले तोस रोटी चुनाव चिन्ह रोजेका थियौं, कालेबुङ, खरसाङ, सिलगढी, नक्सलबारी विधानसभा आसनहरूमा हामीले तोस रोटी नै चुनाव चिन्ह पाएका छौं, तर दु:खको कुरा दार्जीलिङ विधानसभा आसनमा हामीले कलमको नीब चुनाव चिन्ह पाएको एडवर्डसले बताए। तिनले अघि भने, दार्जीलिङ विधानसभा आसनबाट निर्दलीय उम्मेद्वारको रूपमा खडा भएका जितेन घलेले तोस रोटी चुनाव चिन्ह पाएका छन्। जितेन घले नोमन राईको मित्र रहेको एडवर्डसले बताए। गोजमुमो प्रमुख बिमल गुरूङ इण्डियन गोर्खा जनशक्ति फ्रण्टसंग यति धेर डराएको रहेछ भन्ने हामीले स्पष्टसंग जान्ने मौका पायौ।बिमल गुरूङले आफ्नो कार्यकर्तालाई निर्दलीय उम्मेद्वार खडा गराएर तोस रोटी चुनाव चिन्ह रोज्न लगाएका छन्।

भारतीय जनता पार्टी जस्तो ठुलो पार्टी इण्डियन गोर्खा जनशक्ति फ्रण्टसंग डराएको छ अनि तोस रोटी चुनाव चिन्ह रोजेर हाम्रो मतदाताहरूको भोट हत्याउने गलत प्रयास गरेको छ। यस षडयन्त्रमा भाजपाको राष्ट्रिय प्रवक्ता तथा सांसद राजु विष्टको निर्देशमा भएको हो भन्ने खबर छ। बिमल गुरूङले आफुले आफैलाई गोर्खाको अभिभावक भन्छन्, तर उनको सोच यति नराम्रो रहेछ भनेर मैले कल्पना समेत नगरेको एडवर्डसले बताएका छन्। तिनले अघि भने तर जनता सुर्ताउनु पर्दैन, हामीले बाँदरकै चुनाव चिन्ह पायौ भने पनि हामीलाई जनताले अवश्यै जिताउने छ। चुनावमा आफ्नो नामांकन पत्र दर्ता गर्ने क्रममा तीनवटा चुनाव चिन्ह रोज्नु पर्छ,हामीले पनि तोस रोटी लगायत अन्य चुनाव चिन्ह रोजेका थियौ तर हाम्रो तोस रोटी चुनाव चिन्ह खोस्नलाई उनीहरूले पनि तोस रोटी चुनाव चिन्ह चयन गरेको थियो।भारतीय जनता पार्टीले पहाड तथा गोर्खाहरूको निम्ति केही गरेका छैन तर पनि उनीहरू दिल्लीको बैसाखी भएर उभिएको छ तर इण्डियन गोर्खा जनशक्ति फ्रण्ट मात्र क्षेत्रीयता बचाउँन चुनावी मैदानमा ओर्लिएको अजय एडवर्डसले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ