दार्जीलिङमा पहिलोपटक राज्यस्तरीय ब्याडमिन्टन हुने

Share this news

दार्जीलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसन र वेस्ट बङ्गाल ब्याडमिन्टन एसोसिएसनको संयुक्त आयोजनामा आगामी अक्टोबर महिनामा दार्जीलिङमा पहिलो पटक वेस्ट बङ्गाल स्टेट र्या्ङ्किङ ब्याडमिन्टन टुर्नामेन्ट आयोजना हुने भएको छ। विशेष गरी अन्डर ११ वर्ष र अन्डर ९ वर्षका खेलाडीहरूलाई लक्षित गरी आयोजना हुन लागेको यस बृहत प्रतियोगितामा मिरिक क्षेत्रका धेरैभन्दा धेरै बालबालिकाहरूले सहभागिता जनाउन सकुन् भन्ने उद्देश्यले मिरिक ब्याडमिन्टन क्लबले दार्जीलिङ गोर्खा हिल ब्याडमिन्टन एसोसिएसनसँगको सहकार्यमा मिरिकमा ‘ट्यालेन्ट हन्ट’ को रूपमा एक छनोट प्रतियोगिता आयोजना गर्दैछ। यो छनोट प्रतियोगिता आगामी १७ अगस्ट, आइतबारका दिन मिरिकमा हुनेछ। यस प्रतियोगितामा मिरिक महकुमा क्षेत्रका ९ वर्ष र ११ वर्ष उमेर समूहका छात्र तथा छात्राहरू दुवैले भाग लिन सक्नेछन्। मिरिक ब्याडमिन्टन क्लबले यसका लागि सबै प्राथमिक विद्यालय, अङ्ग्रेजी विद्यालय र उच्च विद्यालयहरूलाई आफ्ना विद्यार्थीहरूलाई सहभागी गराउन अनुरोध गरेको छ।
निःशुल्क रहने यो प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले मिरिक ब्याडमिन्टन क्लबका सदस्यहरूसँग ९८३२६५६०७७, ९७३३३५३१०८, ९७३३०८२००२ र ८९७२७७४१३० मा सम्पर्क गरी अगस्ट १२ सम्म आफ्नो नाम दर्ता गराउन सकिनेछ।


Share this news
आजको रोजाइ
बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था :  अनित थापा

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा

आजको रोजाइ