चिया श्रमिकहरूलाई राज्य र केन्द्र सरकारले झुक्काउदै छ: एचएचटीडीसीएसएस

Share this news

दार्जीलिङ,4 जनवरी(निसं): भारतीय गोर्खा जनशक्ति फ्रण्ट(आईजीजीएफ)-को श्रमिक एकाइ हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघ (एचएचटीडीसीएसएस)-ले चौक बजारमा पोस्टर व्यापकरुपमा लगाएकोछ।
श्रम मन्त्रीको भ्रमण होइन,मिनिमम वेजेसको अधिसूचना जारी गरिनुपर्छ भनी

एचएचटीडीसीएसएस नेता जतन राई बताउदै चिया श्रमिकहरूलाई राज्य र केन्द्र दुवै सरकारले झुक्काउने काम मात्र गर्दै आएको छ। उनले भनेका छन्, दार्जीलिङ शहरको चौक बजारमा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक सङ्गठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ ले व्यापक रूपमा पोस्टरिङ गरेकोछ।टाँसिएको पोस्टरहरूमा चिया श्रमिकहरूले भोग्दै आएको विभिन्न समस्याहरू उल्लेख गरेका छन्।एचएचटीडीसीएसएसको केन्द्रीय कार्यकर्ता जतन राईले हामी राज्य अनि केन्द्र सरकार दुवैसंग अतिनै दुखी छौ।गत 2017 मा राज्य सरकारले चिया श्रमिकहरूको मिनिमम वेजेसको विषय लिएर एडभाइजरी कमिटी गठन गरेको हो तर आजसम्म एडभाइजरी कमिटीले मिनिमम वेजेस तय गर्न सकेको छैन।चुनाव आउँदैछ केन्द्रीय राज्य श्रममन्त्री आगामी  5 जनवरीको दिन भ्रमणमा आउने तय भएको छ।मन्त्रीको भ्रमण होइन,आश्वसन र भाषण होइन,हामीलाई सरकारी अधिसूचना जारी गरेको हेर्ने मन छ।राज्य र केन्द्र सरकारको जालमा साथै  पुञ्जिपतिहरूको जालमा श्रमिकहरू पर्दै आएको छ।अब श्रमिकहरूले सम्बैधानिक न्याय पाउन पर्छ तर सरकार र पूंजीपतिहरू मिलेर श्रमिकहरूलाई न्यायदेखि वञ्चित गराउने काम हुँदैछ।चिया श्रमिकहरूको समस्या राजनैतिक समस्या होइन,भूगोल,सिमानाको समस्या होइन,यो श्रमिकहरूले बगाउदै आएको पसिनाको मूल्यको समस्या हो।श्रमिकहरूको हक र अधिकारलाई दबाउने प्रयास मात्र हुदैछ।श्रम विना विकास सम्भाव छैन।श्रमिक विकासको मुल आधार हो। त्यसकारण सरकारले श्रमिकहरूलाई हक र अधिकारदेखि वञ्चित गराउन हुँदैन।श्रमिकहरूलाई सरकारले सम्मान जनक जिउने अधिकार दिनु पर्छ।आईजीजेएफ तथा हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघलाई घरिघरि आरोप र लाञ्छाना लगाउने कार्यहरू भइरहेको छ।राज्य सरकारले यहाँको आय सोत्र मात्र लानु हुदैन,यहाँको श्रमिकहरूलाई न्याय पनि दिनु पर्छ।चिया श्रमिकहरूको मिनिमम वेजेसको विषयमाथि कोलकता उच्च न्यायलयले विगत धेरै महिना अघिनै 6 महिनाभित्रमा समस्याको समाधान गर्ने निर्देश दिई सकेको छ तर सरकारले उच्च न्यायलयको आदेशलाई समेत अनदेखा गर्दैछ राईले बताए। राईले बताए अनुसार,न्यायलय भन्दा सरकार ठूलो होइन तर न्यायलयको निर्देशलाई राज्य सरकारले अनदेखा गर्दैछ।अब विधायक,सांसद साथै जन प्रतिनिधिहरूले श्रमिकहरूको मिनिमम वेजेस बारे आफ्नो अडान स्पष्ट गर्नु पर्छ।हामी राज्य र केन्द्र सरकार दुवैसंग खुशी छैनौ।श्रमिकहरूको मिनिमम वेजेसको विषय लिएर धेरैवटा रिपोर्टहरू पेश गरिसकेको पीआईभी रिपोर्ट छ तर आजसम्म मिनिमम वेजेस लागु भएको छैन यो अति नै दुखको विषय रहेको जतन राईले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ