सेन्ट जोहन बर्चम्यान्स पेरिसद्वारा विविध कार्यक्रम

Share this news

खरसाङ, (निसं): खरसाङ्को सन्तमेरिजमा अवस्थित सेन्ट जोन बर्चम्यान्स पेरिस समुदायद्वारा स्वतन्त्रता दिवसको अवसर पारेर विविध प्रतियोगितात्मक कार्यक्रमहरूको आयोजना गरेको थियो। 15 अगस्त विशेषगरी इसाईहरूकी पवित्र आमा मरियमलाई आफ्नो शरीर र आत्मासहित स्वर्गमा ग्रहण गरेको शुभ पर्वको दिनसँग मेल खाने हुनाले पनि यस दिनलाई विशेष महत्व दिँन तथा स्वतन्त्रता दिवसलाई पनि अवसर पारेर पेरिस समूदायहरूले त्यसदिन गीत अनि नृत्य प्रतियोगितासँगै अन्य विविध कार्यक्रमहरूको आयोजना गरेको थियो। उत्सवको शुरुवात युकेरिस्टिक उत्सवबाट भएको थियो, जसको अध्यक्षता रेभरेन्ड फादर प्रदीप छेत्री पेरिस पुजारी अनि रेभरेन्ड फादर सिलास लेप्चा (सहायक पेरिस पुजारी) ले गरेका थिए। चर्च परिसर बाहिर रेभरेन्ड फादर प्रदीप राईले “भारत माता की जय“ र माता मारिया की जय बीच राष्ट्रिय झण्डा फहराएका थिए। पछि पेरिसको युवा संगठन (आइसीवाइएम) ले गीत र एकल गीत प्रतियोगिता आयोजना गरेका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रेभरेन्ड फादर प्रदीप राई, रमेश थापा (अध्यक्ष, ग्राम सेवा समिति) रेभरेन्ड निर्मला (सुपीरियर, सहायक कन्भेन्ट) सिस्टर रेश्मी (प्रिन्सिपल होली क्रस इन्स्टिच्युट) अनि ब्रायन एन्थोनी (प्रिन्सिपल स्वीट एन्जल्स स्कूल) को बाहुलीबाट दीप प्रज्वलन गरियो। आइसीवाइएमका अध्यक्ष नेहा छेत्रीले सबै प्रमुख अतिथि र सबै आमन्त्रितहरूलाई स्वतन्त्रता दिवसको विशेष रूपमा बनाइएको खादा प्रदान गर्दै स्वागत गरे। प्रतियोगितामा दश जना प्रतियोगीहरू अन्तिम चरणमा पुगेका थिए। प्रतियोगिता दुई वर्ग, एकल गीत र एकल नृत्यको लागि आयोजित गरिएको थियो। कुमुद तामाङलाई एकल गीत वर्गको विजेता घोषित गरियो, त्यसपछि अनिश विश्वकर्मा र सिल्भिया राई दोस्रो र तेस्रो स्थानका लागि घोषित भए। एकल नृत्य वर्गमा रिद्दिमा छेत्री विजेता बने, त्यसपछि चेसाङ लामा र सिल्भिया राई क्रमशः दोस्रो र तेस्रो स्थान बने। जेम्स तामाङ, प्रवीणा छेत्री, रोजा सिन्ड्रेला तामाङ अनि मेरी इ छेत्री प्रतियोगिताको निर्णायक मण्डल थिए। आफ्नो भाषणमा रेभरेन्ड फादर प्रदीप छेत्रीले आइसीवाइएम टोलीलाई उनीहरूको कडा परिश्रम अनि स्वतन्त्रता दिवसलाई धेरै स्मरणीय र ऐतिहासिक बनाएकोमा बधाई दिए। रेभरेन्ड फादर प्रदीप राईले भारतको संविधानप्रति आफ्नो गहिरो विचार र उच्च सम्मान व्यक्त गरे। तिनले युवाहरूलाई भारतीय संविधानमा निहित बुद्धिमानी मार्गदर्शन र अधिकारहरूको सम्मान गर्न र पालना गर्न प्रोत्साहित गरे। तिनले स्वतन्त्रता दिवस समारोहमा सेन्ट मेरीज हिल समुदायका पूर्व-सेना सेवाका सदस्यहरूलाई आमन्त्रित गरेकोमा आइसीवाइएम टोलीको प्रशंसा गर्दै धन्यवाद पनि दिए। प्रतियोगिताका विजेता र उपविजेताले रेभरेन्ड फादर प्रदीप राई (प्रमुख अतिथि), सिनिअर रश्मी (होली क्रस), सिनिअर निर्मला (एफएमए) अनि शङ्गब्रायन एन्थोनी (प्रिन्सिपल स्वीट एन्जल्स स्कूल) को हातबाट ट्रफी र प्रमाणपत्र प्रदान गरियो। सिलास लेप्चा (संयोजक, आइसीवाइएम, सेन्ट जोन बर्चम्यान पेरिस) अनि प्रिया गुरुङले सञ्चालन गरेको कार्यक्रम यहाँको अक्सुलियम कन्भेन्ट हलमा आयोजना गरिएको थियो। कार्यक्रममा नेहा छेत्रीले पनि सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन्‌‍ भनी पीटर करले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

आजको रोजाइ