स्रष्टा सङ्गमको छैटौँ वार्षिक सम्मेलन खरसाङ महकुमाको सिटोङमा

Share this news

खरसाङ, (निसं): भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको ृछैटैाँं वार्षिक सम्मेलन खरसाङ महकुमाको सिटोङ्मा सम्पन्न हुने भएको छ। उक्त छैटौंँ वार्षिक सम्मेलनलाई लिएर तदर्थ कमिटीको सभा सिटोङ्मा सम्पन्न भएको छ। उक्त सभा स्रष्टा सङ्गमको केन्द्रीय सभापति एल्डर राजु राईको अध्यक्षता र पूर्व सचिव हनोक थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा स्रष्टा सङ्गमको केन्द्रीय समितिबाट एंव छैटौंँ वार्षिक सम्मेलनको संयोजिका सन्ध्या आचार्य लगायत तदर्थ कमिटीको पदाधिकारीहरु उपस्थित रहेका थिए। सभामा गत सभाको विवरण पढ़ेर सुनाइएपछि सभाको प्रस्तावहरुलाई लिएर चर्चा परिचर्चा गरिएको छ। सभालाई पास्टर सुधीर गहतराजको शुरुको प्रार्थनाद्वारा शुरु गरिएको थियो। सभाको निर्णय र केन्द्रीय समितिको निर्देशन अनुसार छैटौँ वार्षिक सम्मेलन विषयमा चर्चा परिचर्चा गरिएको छ।

यसपाली खरसाङ्को सिटोङ्मा हुन गईरहेको वार्षिक सम्मेलनमा गजल लेखनमाथि वर्कशपको आयोजना गरिने साथै ख्रीष्टीय भजन-गीत लेखन विषयमा विमर्श कार्यक्रमको आयोजना पनि गरिने भएको छ। यसको साथै कथा, कविता, गीत, गजल वाचन कार्यक्रम पनि आयोजना गरिने भएको छ। यसको साथै विभिन्न विषयहरुमा छलफल र वार्ता प्रस्तुत गरिने भएको छ भने स्रष्टा सङ्गमको वार्षिक आम सभा पनि आयोजना गरिने भएको छ। यसपाली स्रष्टा सङ्गमको तर्फबाट वार्षिक रुपमा प्रदान गरिने स्रष्टा सम्मान यसपाली इसाई जगतका वरिष्ठ साहित्यकार एंव वरिष्ठ अगुवा प्रेरित ध्रुव शिष्य र सम्पादिका एंव नारी स्रष्टा एडना घलेलाई प्रदान गरिने भएको छ। उक्त छैटौँ वार्षिक सम्मेलनमा दार्जिलिङ, बिजनबारी, खरसाङ, मिरिक, सिलगढी, कालेबुङ, डुवर्स, सिक्किम लगायत अन्य क्षेत्रहरूबाट स्रष्टाहरु उपस्थित रहने भएको छ।

यसपाली खरसाङ्को सिटोङ्मा हुने यस वार्षिक सम्मेलनको लागि तदर्थ कमिटीमा सभापति दिल बान्तावा, उप सभापति पास्टर अनिल राई, सचिव मिका भोंग्मू, सह सचिव एल्डर युनुस लेप्चा, कोषाध्यक्षा प्रोकिला राई र सह कोषाध्यक्षा शोभा राई चयन भएका छन्‌‍। यसबाहेक पनि सल्लाहकारहरु र कार्यकारी सदस्यहरू पनि चयन गरिएको छ। सभामा स्रष्टा सङ्गमको छैटौँ वार्षिक सम्मेलनमा खरसाङ, सिटोङ, लाटपञ्चार, मङ्पु क्षेत्रका स्रष्टाहरुलाई साथै स्थानीय चर्चहरुका पास्टरहरु, अगुवाहरु र स्रष्टाहरुलाई भेला गरिने भएको छ। सभामा स्रष्टा सङ्गमको केन्द्रीय सभापति राजु राईले आफ्नेो अध्यक्षीय सम्बोधनमा विभिन्न सुझावहरु राखेका थिए। सभामा सबैले स्रष्टा सङ्गमको यस वार्षिक सम्मेलनलाई सफल बनाउन सक्रिय भएर कार्य गर्ने भएको जानकारी प्राप्त भएको छ।

उल्लेखनीय छ, भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको स्थापना सन्‌‍ 2018 मा खरसाङ्को सिटोङबाट नै भएको थियो र स्रष्टा सङ्गमको पहिलो वार्षिक सम्मेलन खरसाङ्को सिटोङ्मा 2018 मा भएको थियो भने दोस्रो वार्षिक सम्मेलन 2019 मा पूर्व सिक्किमको रम्फुमा, तेस्रो वार्षिक सम्मेलन 2020 मा सिलगढीमा, चौथो वार्षिक सम्मेलन 2023 मा सिक्किमको गान्तोकमा र पाँचौं वार्षिक सम्मेलन कालेबुङ्मा भएको थियो। यसपाली स्रष्टा सङ्गमको छैटौँ वार्षिक सम्मेलन खरसाङ्को सिटोङ्मा आगामी 30 र 31 जनवरीमा दुई दिवसीय रुपमा आयोजना गरिने भएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ