स्प्रिङडेल अकादमीमा 16 औँ वार्षक खेलकुद कार्यक्रम

Share this news

तीनधारे,  (निसं)ः स्प्रीङडेल एकेडमी स्कूलको 16 औँ वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको खेल मैदानमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूमा खेलकूदप्रतिको रुचि, अनुशासन र टीमभावना विकास गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रमको सुरुवात विद्यार्थीहरूको आकर्षक मार्च पास्ट, एरोबिक ड्रिल तथा प्रेरणादायी स्पोर्ट्स स्लोगन प्रस्तुतिसँगै गरिएको थियो। यस कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधान अध्यापक शरणकुमार राईले राखेका थिए। उद्घाटन समारोहमा विद्यार्थी, शिक्षकशिक्षिका, अभिभावकहरू तथा महानदी सिविटार वेलफेयर वरिष्ठ नागरिक संघका वरिष्ठ सदस्यहरू जगनाथ छेत्री, मैतसिंह राई, निमा तामङ, मदन तिवारी, अशोक कुमार छेत्री, सल्लाहकार श्री जुद्दा शमशेर छेत्री, दुर्गाप्रसाद तामङ तथा सचिव बीरुनारायण प्रधानको उपस्थितिमा राष्ट्रिय गान र राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। यस खेलकूद कार्यक्रम अन्तर्गत 3 वटा ट्रयाक इभेन्ट र 10 वटा क्षेत्र (फिल्ड) इभेन्ट सम्पन्न भए। उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरूलाई गोल्ड, सिल्भर र ब्रोन्ज मेडल प्रदान गरियो। जम्मा 66 वटा मेडल वरिष्ठ नागरिक संघका सदस्य तथा अभिभावकहरूद्वारा वितरण गरिएको थियो। खेलकूद कार्यक्रमको समन्वय शिक्षिका सुनिती घिसिङ, प्रतिशा देवान, रति सुब्बा र आशिका यादवले गरेका थिए भने कार्यक्रमको सफल सञ्चालन उद्घोषक शिक्षिका ईशा राईले गरेकी थिइन्‌‍। कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै खेलकूदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरा व्यक्त गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ