Spiritual ceremony kalimpong
Spiritual ceremony kalimpong

आध्यात्मिक विश्व शान्ति ज्ञान महायज्ञ समापन

Share this news

कालेबुङका विभिन्न संघसंस्थाको सक्रिय सहभागितामा विश्व शान्ति ज्ञान महायज्ञ आयोजक समितिद्वारा टारी गाउँ, बोङ बस्ती कालेबुङमा सञ्चालित नौ दिवसीय आध्यात्मिक विश्व शान्ति ज्ञान महायज्ञ सोमबार भव्यताकासाथ समापन गरियो। जसमा बाल कथा वाचिका देवी कीर्ति किशोरीजीलाई “कथा प्रवाचिका” उपाधि प्रदान गत 22 फरवरी देखि भव्य कलश यात्रा संग आरम्भ गरिएको अनुष्ठान अन्तर्गत दिव्य राम कथाको व्याख्यान कालेबुङ्की कथा बाल कथा वाचिका देवी कीर्ति किशोरी जी द्वारा गरिएको थियो। यस अतिरिक्त विभिन्न स्थानबाट विद्वान जनको विशेष प्रवचन पनि राखिएको थियो। अनुष्ठानमा कालेबुङका पण्डित रोशन भाइ वशिष्ठ पण्डित चुडामणी पौडेल डु वर्सका ख्याति प्राप्त पण्डित ध्रुव श्री गुरागाई निरपानीका डा केशव खनाल सिक्किमका विद्वान रोहितराज महाराज कालेबुङ मंगलधामका महन्त श्री श्री १०८ मोहन प्रियाचार्य महाराज लगायत विभिन्न स्थानबाट विद्वानहरूको विशेष प्रवचन रहेको थियो। विशेषगरी

कालेबुङकी बालकथा वाचिका देवी कीर्ति किशोरी जी द्वारा नौ दिनसम्म दिव्य राम कथाको प्रवचनले सबैलाई मन्त्रमुग्ध बनाएको थियो। अनुष्ठानमा सिक्किम लगायत देशबाट विभिन्न स्थानका भक्तजनको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तिम दिन सोमबार विधिवत रुपमा पूर्णहुती सम्पन्न गरिएको थियो। कार्यक्रममा बाल्मिकी रामायणको पाठ पण्डित रत्न प्रसाद कोइरालाद्वारा गरिएको थियो भने रामचरित मानसको पाठ पण्डित अनुराग खनालद्वारा गरिएको थियो। यस अनुष्ठानमा पण्डित प्रभाकर अधिकारी पण्डित कुशल भट्टराई आदिले वेद पाठ लगायत चण्डी रुद्री आदिको पाठ गरेका थिए। उक्त कार्यक्रममा यज्ञ आचार्यको रूपमा पण्डित नवीन अधिकारी रहेका थिए। कार्यक्रमको अन्तिम दिन विभिन्न मठ मन्दिर देवीथान आदिलाई संरक्षण र सम्बर्धनको दिशामा अहम नेतृत्व गर्ने विभिन्न समितिका सभापतिहरुलाई आयोजक समितिद्वारा सम्मान प्रदान गरिएको थियो। सिद्धिविनायक गणेश मन्दिर ट्रस्टका अध्यक्ष सोमनाथ दाहाल सरस्वती दिव्यधामका अध्यक्ष भुवन नैपाल सिमले सिंहदेवी समितिका अध्यक्ष आई पी सिक्तेल आदिलाई समितिको पक्षबाट प्रशस्तीपत्र दोसल्ला सहित सम्मान जनाइएको थियो। यसरी नै उक्त अनुष्ठान सम्पन्न गर्न जमिन प्रदान गर्ने जमिन दाता लिला प्रसाद भण्डारी अनि दिलीप भण्डारीलाई संवर्धना जनाइयो।यसरी नै विभिन्न संघ संस्था र व्यक्ति विशेष लाई पनि धन्यवाद प्रदान गरियो।यसै क्रममा टारी गाउँ ग्राम सुधार समिति द्वारा देवी कीर्ति किशोरी जी लाई प्रोत्साहन गर्न सम्मान गरिएको थियो।

अर्कोतिर कार्यक्रम मा उपस्थित विद्वान जन को पक्षमा देवी कीर्ति किशोरी जी लाई कथा प्रवाचिका को रूपमा सम्मान गरियो। पण्डित रत्न प्रसाद कोइरालाले देवी कीर्ति किशोरी जी को प्रवचन उच्च स्थारिय र खुबै सुमधुर रहेको बताउँदै उनलाई प्रवाचिका को रूपमा आफूले पाएको बताए। उनी अब केवल कथा वाचिका मात्र नभई कथा प्रवाचिका रहेको जनाए।कार्यक्रममा सन्त फिलोमिन स्कुलकी प्रिन्सिपल लियोनी लेप्चा उपस्थित भएर देवी कीर्ति किशोरी जी प्रति शुभकामना व्यक्त गर्दै आफ्नो स्कूल सकेर विद्या आर्जन गरेर आज यति धेरै उपब्धी हासिल गरेकोमा आफूलाई गर्व महसूस गरेको बताइन्। यो कार्यक्रम सबै धर्म पन्थ आदिको समागम को रूपमा रहेको जनाइएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ