Sound of Souls became the first runner-up in India's Got Talent
Sound of Souls became the first runner-up in India's Got Talent

साउण्ड अफ सोल्स इन्डियाज गट ट्यालेन्टमा बन्यो पहिलो रनर-अप

Share this news

हिमांशु प्रधान टोली साउण्ड अफ सोल्स इन्डियाज गट ट्यालेन्ट सिजन ११ को पहिलो रनर-अप बनेको छ। सिलगढीका बीट बक्सर हिमांशु प्रधान टोली सोनी टिभीमा प्रसारण हुने उक्त प्रतियोगिताकोे पहिलो रनर-अप बनेर गोर्खाहरूको शिर उच्च पारेको छ। यो टोलीमा सिक्किमका गायक तेन्जिङ धोनीये, जयपुरका गायक वाशिम अक्रम, झारखण्डका गिटारवादक अक्षय, जयपुरका बीट बक्सर गौरव मीना, औधपुरका भरत राज बाँसुरीवादक पनि समावेश थिए। हिमांशु प्रधान र तेन्जिङ धोनीये र गौरव मीना पूर्व ब्यान्ड द माउन्टेन सोल्स फिचरिङ्ग गौरदीपका सदस्य हुन्। स्मरण रहोस् डीडी नेशनल च्यानलद्वारा प्रसारित ब्याटल अफ ब्यान्डमा बीट बक्सर हिमांशु प्रधान, बीट बक्सर गौरव मौना र जयपुरका गायक वाशिम अक्रमले उत्कृष्ट प्रस्तुति दिएका थिए र दोस्रो रनर-अप भएका थिए। फेरि उनीहरूलाई डीडी नेशनल च्यानलमा ब्याटल अफ ब्याण्ड इन्टरनेशनलमा अतिथिको रूपमा प्रस्तुति दिन आमन्त्रित गरिएको थियो। त्यहाँबाट उनीहरूले मुम्बईको जिओ वर्ल्ड सेन्टरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय वेभ समिटमा प्रस्तुति दिने अवसर पाए। उनीहरूले त्यो कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिएका थिए। नोभेम्बर २०२५ मा, हिमांशु प्रधानलाई सोनी टिभीको इण्डिया गट ट्यालेण्टबाट माथिका कलाकारसँग नयाँ ब्यान्ड, साउन्ड अफ सोल्सलाई प्रस्तुति दिन आमन्त्रित गरिएको थियो। इण्डिया गट ट्यालेन्ट सिजन ११ को पहिलो रनर-अप बन्ने टोली साउन्ड अफ सोल्सका अगुवा हिमांशु प्रधान, गौतम कुमार प्रधान र आमा चन्द्रावतीका छोरा सिलगढी निवासी हुनु गर्वको विषय हो। हिमांशु र उनको टोलीलाई फाइनलमा पुऱ्याउन दार्जीलिङ जिल्ला, सिलगढी र वरपरका मानिसहरूले समर्थन गरी फाइनलसम्म पुराएका थिए। इण्डिया गट ट्यालेन्ट सिजन ११ को पहिलो रनर-अप बन्न यो टोलीले गरेको कडा परिश्रम र अनगिन्ती संघर्षपछि, यो जित हासिल गरेको हो। यस समबन्धमा टोलीले
सम्पूर्ण भारत राष्ट्रलाई अभिवादन गर्दै सबैलाई भारी मनले धन्यवाद ज्ञापन गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ