Sonam Wangchuk release appeal Ladakh
Sonam Wangchuk release appeal Ladakh

सोनम वाङचुक लद्दाख फर्किएपछि पक्रा परेका अन्यलाई मुक्त गर्न अपील 

Share this news

एनएसए अन्तर्गत गरिएको नजरबन्द हटाइएपछि लद्दाखका प्रसिद्ध वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङचुक लद्दाख फर्किएका छन् र फर्किएलगत्तै उनले आन्दोलनका क्रममा पक्राउ परेका अन्य व्यक्तिहरूलाई पनि तत्काल राहत तथा रिहाइ दिन केन्द्र सरकारसँग माग गरेका छन्, पछिल्लो समाचारअनुसार भारत सरकारको गृह मन्त्रालयले १४ मार्च २०२६ मा उनको नजरबन्द तुरुन्तै खारेज गरेको थियो, जसको उद्देश्य लद्दाखमा शान्ति, स्थिरता र संवादको वातावरण बनाउनु रहेको सरकारी विज्ञप्तिमा उल्लेख गरिएको छ , वाङचुकलाई गत वर्ष सेप्टेम्बर २६, २०२५ मा लेहमा भएको आन्दोलन र त्यसपछिको तनावपूर्ण अवस्थापछि राष्ट्रिय सुरक्षा ऐन (NSA) अन्तर्गत पक्राउ गरिएको थियो र उनी करिब ६ महिना जेलमा बसेपछि रिहा भएका हुन् , रिहा भएपछि लद्दाख फर्किँदा सयौं स्थानीय बासिन्दाले उनलाई स्वागत गरेका थिए र उनले सार्वजनिक रूपमा बोल्दै आफूहरूको आन्दोलन सरकारसँग वार्ता गराउने उद्देश्यले मात्र गरिएको भन्दै अब ‘गिभ एन्ड टेक’ को आधारमा समाधान खोज्नुपर्ने बताएका छन् , उनले साथै आन्दोलनका क्रममा पक्राउ परेका अन्य कार्यकर्ता तथा समर्थकहरूलाई पनि रिहा गर्नुपर्ने माग गर्दै लद्दाखका जनताको माग—विशेष गरी राज्यको दर्जा, संवैधानिक संरक्षण र क्षेत्रको अधिकार सम्बन्धी मुद्दा—सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् , केन्द्र सरकारले भने उनको नजरबन्द हटाउने निर्णय संवादलाई सहज बनाउन र लद्दाखमा पुनः शान्त वातावरण कायम गर्नका लागि गरिएको स्पष्ट पारेको छ, जसपछि अब सरकार र लद्दाखका नेताबीच वार्ता पुनः सुरु हुने सम्भावना बढेको बताइएको छ ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ