कम मार्जिनेले भए पनि सोनाम लामाले जित्नेछन्- विमल गुरुङ

Share this news

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङद्वारा खरसाङस्थित पुरानो बाटा शोरुमा गोजमुमो अनि भाजपाको संयुक्त उम्मेदवार सोनम लामाको पक्षमा एउटा चुनावी कार्यालयको उद्घाटन गरियो।
उद्घाटन कार्यक्रमको अवधि गोजमुमोका वरिष्ठ नेतृत्व प्रदीप प्रधान, शरण देवान, योगेन्द्र राई, रोहित स्याङ्बो, सहित अन्य विभिन्न नेतृत्वगणहरूको उपस्थिति थियो भने भारतीय जनता पार्टीका जिल्ला सचिव विनय प्रसाद, कानुनी सल्लाहकार रमेश अग्रवाल संगै अन्य विभिन्न नेतृत्वगणको उपस्थिति रहेको थियो।
यस अवधि पत्रकारहरूसित बोल्दै विमल गुरुङले भने, गोजमुमो अनि भाजपाको संयुक्त प्रयासमा भाजपा उम्मेद्वार सोनम लामाको पक्षमा एउटा चुनावी कार्यालयको उद्घाटन गरिएको छ। सोनम लामा भाजपाको उम्मेद्वारको रूपमा चुनावमा उभिए पनि गोजमुमोले एउटा गठबन्धन दलको नातामा सोनम लामालाई भारी मतले खरसाङ विधानसभा आसनबाट जिताउने अठोट गरेको छ।
विमल गुरुङले अजय एडवर्ड अनि बीजीपीएमको कुरा नगर्ने बताउदै भाजपा अनि गोजमुमोको गठबन्धनमा सोनम लामा चुनाउमा खड़ा भएका छन्‌‍ अनि म कसम खान्छु सोनम लामाको जीत खरसाङबाट निश्चित छ। गुरुङले थप जनाए अनुसार, मानिसहरूले जे सुकै भनोस्‌‍ तर गोजमुमोले अनि भाजपाको संयुक्त प्रयासमा सोनम लामाको जीत निश्चित छ, हुन सक्छ विगतको तुलनामा कम मार्जिनले सोनम लामा जित्लान्‌‍ तर सोनम लामाको जीत अवश्य नै हुनेछ।
विमल गुरुङले गोजमुमोले भाजपालाई उत्तर बंगालको 16-17 वटा सीटमा सहयोग गरिरहेको बताउदै आफ्नो पार्टीले सहयोग गरेको सबै सीटमा भाजपाको उम्मेद्वारलाई जिताउने तिनको लक्ष्य रहेको बताए।
तिनले यो पनि जनाए कि आउँदो दिनमा गोजमुमो अनि भाजपाद्वारा संयुक्तरूपमा खरसाङ्मा विराट जनसभाको आयोजन गरिनेछ। खरसाङ तिनको निम्ति एउटा पोलिटिकल रणभूमि हो, कारण यहाँ तिनले भोगेका र सहेका कुराहरू धेरै छन्‌‍। यहाँका युवा भाई-बहिनीहरू विभिन्न पक्षबाट वञ्चित भएका एवं कुलतमा परेका विषयहरू छन्‌‍। जुन प्रकारले विभिन्न विकास मूलक कार्यमा व्यापक धाँधली भएको छ साथै फल्स टेट् परीक्षा अन्तर्गत 42 हजार युवा भाई-बहिनीहरूको जीवनसित खेलवाड़ भयो यी सबै विषयमा जनमानसलाई अवगत गराउन आवश्यक छ। यस बाहेक यहाँ हर घर जल परियोजना, अमृत 2.0 परियोजना, प्रधान मन्त्री आवास योजना, विभिन्न अधुरो विकास मूलक परियोजना आदिको बारेमा जनतालाई सचेत एवं अवगत गराउनु अति नै आवश्यक छ।
एसआईआरमा नाम डिलिट भएकाहरूको बारेमा बताउदै विमल गुरुङले भने, गोजमुमोले पनि नाम डिलिट भएकोमा विरोध गर्दछ, तर यहाँ विभिन्न विकल्प पनि छन्‌‍। फारम 6 जमा गरेर साथै अन्य प्रक्रिया अन्तर्गत मतदाता सूचीमा नाम पुन: दर्ता गर्न सकिन्छ। गुरुङले थप जनाए अनुसार गोजमुमो पार्टी नेतृत्व अनि कार्र्यकर्ताहरूलाई नाम डिलिट भएका मानिसहरूलाई सहयोगार्थ विभिन्न स्तरमा कार्य गर्ने निर्देश पनि दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ