Ajay Edwards statement Darjeeling
Ajay Edwards statement Darjeeling

सरकारमा छैनौं, रोटी बेचेरै पनि जनताको समस्या समाधान गर्दैछौं

Share this news

हामी सरकारमा छैनौं तर रोटी बेचेर भए पनि गाउँ बस्तीहरूको सानो तिनो समस्याहरूको समाधान गर्दै आएको अजय एडवर्डसले बताए। मानेभञ्ज्याङ समष्टिमा आफ्नो चुनावी प्रचार प्रसार गर्ने क्रमम  हामी सरकारमा छैनौ तर रोटी बेचेर भए पनि गाउँ बस्तीहरूको सानो तिनो समस्याहरूलाई समाधान गर्दै आएको इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले बताए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आज सुके- मानेभञ्ज्याङ समष्टिमा आफ्नो चुनावी प्रचार प्रसार गर्यो। यस अवधि गत 4 अक्टोबरको दिन आएको विनाशकारी भल पैह्रोले सुके मानेभञ्ज्याङ समष्टिको जौबारी छेउको पुल क्षति ग्रस्त बनाएको थियो।

क्षेत्रीय सरकार जीटीए, राज्य सरकार कसैबाट पुलको जीर्णद्वार गर्ने पहल नहुँदा गाउँलेहरूले अजय एडवर्डस समक्ष गुहार लगाएका थिए अनि अजय एडवर्डसले 1 सय 25 ब्याक भन्दा धेर सिमेन्ट साथै अन्य समाग्रीहरू प्रदान गरेको थियो।पुलको निर्माण कार्य पूरा भई सकेको छ।गाउँलेहरूले निर्माण भई सकेको पुल हेर्न आई दिने विगत धेरै दिन अघिदेखि विन्ति गर्दै आएको हुनाले आज अजय एडवर्डस जौबारीको पुल पूगेका थिए।गाउँलेहरूले उनलाई भव्य स्वागत जनाए।

उपस्थित भीडलाई अजय एडवर्डसले हामी सरकारमा छैनौ तर हामीसंग एउटा सानो रोटी दोकान छ,त्यही रोटी दोकानबाट भएको मुनाफाले हामीले गाउँ बस्तीहरूको सानो तिनो समस्याहरूलाई समाधान गर्दै आएका छौ।म सबैको घर घरमा पुग्न सक्दिन किन की खरसाङ विधानसभाको उम्मेद्वार बन्दना राई,कालेबुङको उम्मेद्वार भेर्नोन व्रिटो लेप्चाको पक्षमा पनि चुनाव प्रचार गर्न पुग्न पर्छ।मलाई भोट होइन तर काम गर्न एउटा स्थान दिनु होस।सत्तामा छैनौ तर बाटो,ब्रीजहरूको निर्माण गर्दैछौ यो कुरा सोंच्नु होस,हामीलाई काम गर्ने स्थान दिनु भयो भने हामी अझ धेरै कामहरू गर्ने एडवर्डसले भने। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालय दार्जीलिङ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ