टोय ट्रेनको एउटा कोचमा धुवाँ निस्किएपछि केही क्षण वातावरण बन्यो तनाउपूर्ण

Share this news

खरसाङ,  (मोहन प्रसाद): न्यू जलपाईगड़ीदेखि दार्जीलिङ तर्फ गइरहेको टोय ट्रेनको एउटा कोचमा सामान्य धुवाँ देखिएपछि केही समयको निम्ति ट्रेनको यात्रा बाधित बन्यो।
प्राप्त जानकारी अनुसार, बुधवार दिउँसो एनजेपीबाट दार्जीलिङ तर्फ आइरहेको एउटा डीजल इञ्जिन टोय ट्रेनमा सिलगढ़ी संग्लग्न क्षेत्रमा अचानक ट्रेनको एउटा एसी कोचमा धुवाँ देखिए पछि ट्रेनलाई त्यहीँ नै केही समयसम्म रोक्न परेको थियो साथै उक्त धुवाँ देखिएको कोचलाई ट्रेनबाट हटाउने कार्य गरिएको थियो । पछि उक्त कोचमा सवार रहेका यात्रीहरूलाई अन्य कोचमा बसाएर ट्रेन आफ्नो गन्तवयतर्फ पुन: रवाना गरिएको जानकारी रहेको छ।
उक्त विषयमा हिमालय दर्पणद्वारा दार्जीलिङ हिमालयन रेलवेका निर्देशक रिशव चौधरीसित सम्पर्क गर्दा तिनले बताए अनुसार, ट्रेनको एउटा वातानुकुलित (एसी) डिब्बामा अचानक केही धुवाँ उत्पन्न भएको थाह पाएपछि ट्रेनलाई त्यहीँ बाटोमा नै रोकेर उक्त वातानुकुलित डिब्बालाई ट्रेनबाट अलग गर्ने कार्य गरियो । साथै त्यसमा सवार सबै यात्रीलाई सुरक्षित अन्य कोचमा बसाएर ट्रेनले पुन: आफ्नो यात्रा शुरू गऱ्यो।
यस अवधि, खरसाङ रेलवे स्टेशनमा उक्त ट्रेन सकुशल लगभग साढे तीन बजे आइपुगेको थियो भने यहाँबाट लगभग चार बजेतिर आफ्नो गन्तव्य दार्जीलिङ तर्फ पुन: रवाना गरिएको थियो ।
रेल विभागद्वारा धुवाँको खास कारण अहिलेसम्म आधिकारिक रुपमा स्पष्ट नगरिए तापनि रेल सूत्र मार्फत्‌‍ थाह पाइएको अनुसार, एसी कोचमा खिड़कीहरू बन्द रहेकोले कसैले त्यहाँ धुम्रपान गरेको हुन सक्छ, जसले गर्दा कोचबाट धुवाँ निस्किएको हुन सक्ने अथवा कोचमा रहेको एसीको जेनेरेटरबाट सामान्य धुवाँ उत्पन्न भएको पनि सूत्रले बताएको छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ