Sixth program organized under Arnova's Silver Jubilee

आरनोवाको रजत जयन्ती अन्तर्गत छैटौं कार्यक्रम आयोजित

Share this news

देशको राजधानी नयाँ दिल्लीमा स्थापित अनि सिलगढीमा सञ्चालित आरनोवा संस्थानले एक वर्षव्यापी रजत जयन्ती अन्तर्गत छैटौं कार्यक्रमको आयोजन आइतबार गरेको थियो। सिलगढीको चम्पासरी स्थित आरनोवा भवनको राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत मञ्चमा आयोजित कार्यक्रमको अध्यक्षता अवकाशप्राप्त पुलीस अधिकारी तथा आरनोवाका उपाध्यक्ष सन्तोषमणि राईले गरेका थिए। कार्यक्रममा गत २१ सेप्टेम्बरमा आयोजित रजत जयन्ती अन्तर्गत पाँचौं कार्यक्रम रीना सुब्बाकृत “परिवर्तित अनुहार”विषयको विमर्शमाथि चर्चा गरियो। त्यसपछिको कविता गोष्ठीमा मेनका तामङ, दिवाकर शर्मा ढुङ्गेल र सन्तोषमणि राईले आ-आफ्नो कविता प्रस्तुत गरे भने सञ्जीव श्रीमलले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत लिखित कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा आरनोवाले आयोजन गर्ने आगामी सातौं र आठौं कार्यक्रमहरूको रुपरेखा र घोषणा आरनोवाका संस्थापक रुबेन गुरूङले गर्दै दुवै कार्यक्रमलाई सफल पार्न सदस्यहरूलाई आह्वान गरेका थिए। कार्यक्रममा स्वागत वक्तव्य उपाध्यक्ष मोहन लुइँटेलद्वारा गरिएको थियो भने धन्यवाद ज्ञापन कोषाध्यक्ष सुनिता राईले र कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य सङ्गीता राईले गरेकी थिइन्।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन