Sixth program organized under Arnova's Silver Jubilee

आरनोवाको रजत जयन्ती अन्तर्गत छैटौं कार्यक्रम आयोजित

Share this news

देशको राजधानी नयाँ दिल्लीमा स्थापित अनि सिलगढीमा सञ्चालित आरनोवा संस्थानले एक वर्षव्यापी रजत जयन्ती अन्तर्गत छैटौं कार्यक्रमको आयोजन आइतबार गरेको थियो। सिलगढीको चम्पासरी स्थित आरनोवा भवनको राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत मञ्चमा आयोजित कार्यक्रमको अध्यक्षता अवकाशप्राप्त पुलीस अधिकारी तथा आरनोवाका उपाध्यक्ष सन्तोषमणि राईले गरेका थिए। कार्यक्रममा गत २१ सेप्टेम्बरमा आयोजित रजत जयन्ती अन्तर्गत पाँचौं कार्यक्रम रीना सुब्बाकृत “परिवर्तित अनुहार”विषयको विमर्शमाथि चर्चा गरियो। त्यसपछिको कविता गोष्ठीमा मेनका तामङ, दिवाकर शर्मा ढुङ्गेल र सन्तोषमणि राईले आ-आफ्नो कविता प्रस्तुत गरे भने सञ्जीव श्रीमलले राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत लिखित कविता प्रस्तुत गरेका थिए। कार्यक्रममा आरनोवाले आयोजन गर्ने आगामी सातौं र आठौं कार्यक्रमहरूको रुपरेखा र घोषणा आरनोवाका संस्थापक रुबेन गुरूङले गर्दै दुवै कार्यक्रमलाई सफल पार्न सदस्यहरूलाई आह्वान गरेका थिए। कार्यक्रममा स्वागत वक्तव्य उपाध्यक्ष मोहन लुइँटेलद्वारा गरिएको थियो भने धन्यवाद ज्ञापन कोषाध्यक्ष सुनिता राईले र कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य सङ्गीता राईले गरेकी थिइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड