Sixth Annual Conference of Shrastha Sangam was held at Sitong 1 Golghar
Sixth Annual Conference of Shrastha Sangam was held at Sitong 1 Golghar

श्रष्टा संगमको छैटौं बार्षिक सम्मेलन सिटोङ १ गोलघरमा सम्पन्न

Share this news

खरसाङ महकुमा अन्तर्गत सिनकोना बगान सिटोङ १ गोलघरमा श्रष्टा संगमको छैटौं बार्षिक सम्मेलनको आयोजना गरिएको थियो। ईशाई साहित्य अनि ईशाई गीत संगीत बारे बिमर्श कार्यक्रम आयोजन गरी श्रष्टा संगमले महत्त्वपूर्ण कार्य गरेको थियो।

हरेक ईशाई मण्डलीका युवा पुस्ताले ईशाई गीतको रचना संगीत अनि प्रस्तुति बाइबलीय ढाँचामा गरिनपर्ने बिषयमाथि विमर्श कार्य गरियो। कालेबुङबाट पास्टर मतियास सुब्बा, सिक्किमबाट आनन्द राई, सिटोङबाट संगीतकार दिल बान्तवा लगायत टीटीएस समष्टि एचपीसीबाट शोधकर्ताको रुपमा विशिष्ट गायक सङ्गीतकार राम विष्ट तिमोथी पनि थिए। यस विमर्श कार्यक्रममा मण्डलीका भारप्राप्त अगुवाजनहरुले पनि यस वर्तमान युवा जमातलाई सुसमाचारीय गीतहरुमा आत्मीय अभिषेकको बारेमा बताउन पर्ने बिमर्श कार्यक्रममा चर्चा परिचर्चा गरियो।

ईशाई गीतका लेखक, गायक संगीतकारहरुले प्रार्थना गरेर प्रभुको अगुवाई अनुसार गीत रचियोस् अनि ईशााई गीतहरु दाउदको जस्तो रोग निको पारने, पावल र सिलासको जस्तो छुटकारा हुने जस्ता गीतहरु प्रस्तुत गरेर मण्डलीहरु अघि बडनपर्ने बताए। संगीतकार आनन्द राईले भने, हाम्रा ईशाई जगतका अग्रज संगीतकार जोनडिक खवासद्वारा रचिएको गीतहरु सरल भाषा, सरल संगीतमा रचित गीतहरु सबै बाल बनिता जवान बृद्ध सबैले सहजले गाउन सक्थे यिनै गीतहरु आज पनि मण्डलीहरुमा गाउने गर्छन्, यस्ता गीतहरूले आज पनि मन छुन्छ ह्रदयमा प्रभुप्रति बिश्वास बडछ, धेरैले प्रभुलाई पाएका पनि छन्। यस्तै मन छुने गीतहरु श्रृजना गर्नुपर्ने बताए। ईशाई भजनहरु प्रभावशाली मात्रै होइन यी गीतहरुले परिणाम पनि ल्याउन पर्छ। आगामी दिनमा श्रष्टा संगम समुहले ईशाई गीत लेखन गायन र संगीतबारे तालिमको निम्ति ठाउँ ठाउँमा कार्यशालाहरु सम्पन्न गरिनपर्ने जरुरी देखिएको कुरा पनि स्पष्ट पारे।

समग्रमा भन्नपर्दा श्रष्टा संगमको यो अभियान अत्यन्तै लाभदायक र महत्त्वपूर्ण रहेको उपस्थित दर्शक-श्रोताहरूले बताए। ईशाई साहित्य र संगीतका महान् हस्तीहरुको उपस्थितिले कार्यक्रम अति आशिषमय भएको थियो। कथाकार एडना घले अनि साहित्यकार लेखक प्रेरित पावललाई भब्य सम्मान पनि जनाए। श्रष्टा संगम यसरी फल्दै फुल्दै गएर यस्ता सचेतनामूलक कार्यमा वृद्धि हुँदै जाओस् भनी उपस्थित दर्शक-श्रोताहरूले कामना गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ