उद्घाटन अघि सिरिखोला पुल प्रोटेक्सन वाल चर्कियो 

Share this news

रिम्बिक, 18 जुलाई(निसं): केही समय अघि मात्र निर्माण कार्य पुरा भएको जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) क्षेत्र अधिनस्त दार्जीलिङ -पुलबजार खण्डको सुदुरवर्ती सिरिखोला डाडा गाउँ ग्राम पञ्चायतको विभिन्न गाउँहरूलाई जोड्ने सिरीखोला पुल उद्घाटन हुन अघि नै  पुलको प्रोटेक्सन बाल भएर चर्किएको छ भने पुल निर्माण कार्य गुणस्तर नभएको जन आरोप पनि उठेको छ। गत बुधबार दिनभरी परेको अविरल वर्षाको कारण यस पुल परिसरको प्रोटेक्सन वाल चर्केपछि पुल उच्च जोखिममा पुगेको हो। यसैबीच उक्त पुल निर्माणमा व्यापक रूपमा धाँधली भएको तथा पुल निर्माणमा गुणस्तरहिन सरसमाग्री प्रयोग भएको गोजमुमो(गोर्खा जनमुक्ति मोर्चा) केन्द्रिय समिति सदस्य तथा रिम्बिक-लोधोमा प्रभारी नरेन्द्र काम्बाङले आरोप लगाएका छन्। यसबारेमा उच्च स्तरीय छानबिन हुनपर्ने माग गर्दै उनले यसबारे ध्यानाकर्षण गराउँदै जीटीए प्रमुख कार्यपाल अनित थापा, क्षेत्रीय सभासद नोर्देन शेर्पा तथा सम्बन्धित विभागलाई पुलको पुनःनिर्माण गर्नुपर्ने मागसहित पत्रचार गरेका थिए। अर्कोतिर पुलको अवस्थाबारे जानकारी गराउँदै क्षेत्रीय सभासद नोर्देन शेर्पाले  सम्बन्धित विभागिय  अधिकारीहरुलाई यस विषयमा  चाँडो भन्दा चाँडो स्थलगत भ्रमण अनि निरिक्षण गरी संरचनात्मक निरीक्षण साथै पुन:निर्माणको लागि कार्यान्वयन गरिनु पर्ने विषयमा पत्राचार गरेपछि सभासद शेर्पाको पत्राचारको प्रतिउत्तरमा पीडब्लुडी विभागले सिरिखोला ब्रिज परिसरको चर्किएको प्रोटेक्सन वालमाथि पुन:कार्य शुरू गर्ने बताएको छ। यस सम्बन्धमा विभागले तीन निर्देश जारी गरेको छ। सम्बन्धित विभागले यसबारेमा हस्तक्षेप गर्ने तथा पुल निर्माणमा भएको गल्तीहरुलाई स्वीकार्दै निर्माण काम अघि बढाउने आश्वासन दिएको बताइएको छ।सभासद शेर्पाको पत्राचारको प्रतिउत्तरमा पीडब्लुडी विभागद्वारा सिरिखोला ब्रिज परिसरको चर्किएको प्रोटेक्सन वालमाथि विभागले पुन:कार्य शुरू गर्ने बताएको छ।
स्मरण रहोस्, यस पुल भएर सिंहलिला राष्ट्रिय आरण्यको लगायत सुदुरवर्ती ग्राम सिरिखोला डाडागाउँ ग्रामलाई  रिम्बिक-लोधोमा समष्टिको विभिन्न गाउँहरु सगै बिजनबारी दार्जिलिङ लगायतको स्थानहरुसग जोड्ने गर्दछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ