एसआईआर-ले दार्जीलिङ पहाड़बाट 61,660 मतदाताको नाम काटियो

Share this news

दार्जीलिङ, 18 दिसम्बर (निसं): एसआईआर प्रक्रियाअनुसार, दार्जीलिङ पहाड़ी क्षेत्रका 3 वटा महकुमाबाट मात्रै 61 हजार 660 जना मतदाताको नाम काटियो। समग्रमा दार्जीलिङ जिल्लाका 5 वटा विधानसभा क्षेत्र अनि कालेबुङ जिल्लाबाट 1 लाख 39 हजार 545 जना मतदाताको नाम काटिएको चुनाउ आयोगद्वारा जारी गरिएको ड्राफ्टबाट स्पष्ट भएको छ। 16 दिसम्बरको दिन चुनाउ आयोगद्वारा जारी गरिएको ड्राफ्टमा बताइएअनुसार, 27 अक्टोबर 2025-सम्म दार्जीलिङ जिल्लामा मोठ मतदाता संख्या 12 लाख 92 हजार 857 जना थियो भने तीमध्ये 1 लाख 22 हजार 214 जना मतदाताको नाम मतदाता सूचीबाट काटिएको छ। यसरी नै कालेबुङ जिल्लामा त्यस समय मोठ 2 लाख 20 हजार 862 जना मतदाता थिए भने एसआईआर प्रक्रियाअनुसार, 17 हजार 331 जना मतदाताको नाम काटिएको स्पष्ट भएको छ।
जसमा देहान्त भइसकेका मतदाताहरूको नाम सामेल छ भने कतिजना आफ्नो पुरानो स्थानबाट सरूवा भएर अन्यत्र गइसकेका मतदाताहरू छन्। यति मात्रै होइन, कतिपय मतदाताहरू एसआईआर प्रक्रियाको समय सम्बन्धित स्थानमा नभेटिएको वा नरहेको पनि बताइएको छ। प्राप्त जानकारीअनुसार, दार्जीलिङ महकुमाबाट 25 हजार 935 जना मतदाताको नाम मतदाता सूचीबाट काटिएको छ भने खरसाङबाट 18 हजार 394 अनि कालेबुङबाट 17,331 जना मतदाताको नाम काटिएको छ। दार्जीलिङ जिल्लाअन्तर्गत पर्ने सिलगढ़ी महकुमाबाट सबैभन्दा बेसी 31,165 जना मतदाताको नाम मतदाता सूचीबाट काटिएको छ। सबैभन्दा बेसी मतदाता संख्याको नाम काटिने दोस्रो स्थान मतिगढ़ा-नक्सलबाड़ी विधानसभा क्षेत्र रहेको छ, जहाँबाट 28,360 जना मतदाताको नाम काटिएको छ भने तेस्रो स्थानमा दार्जीलिङ विधानसभा क्षेत्र रहेको छ। मतदाताहरूको नाम काटिएको सम्बन्धमा दार्जीलिङ पहाड़का विभिन्न राजनैतिक पार्टीका शीर्ष नेतृत्वहरूसित कुराकानी गर्दा उनीहरू प्रायः जसोले चुनाउ आयोगद्वारा जारी गरिएको ड्राफ्टलाई राम्ररी हेरेपछि मात्रै कुनै टिप्पणी गर्न सकिने बताएका छन्।
विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशहरूसँगै पश्चिम बंगालमा पनि एसआईआर लागू भएपछि दार्जीलिङ पहाड़का विभिन्न राजनैतिक पार्टीहरूले एकैजना मतदाताको पनि नाम काटिए सड़कमा ओर्लिएर विरोध जनाउने चेताउनी दिइरहेका थिए। तर चुनाउ आयोगले एक ड्राफ्ट जारी गरेर दार्जीलिङ जिल्लामा मोठ 1 लाख 22 हजार 214 जना मतदाता र कालेबुङ जिल्लामा 17,331 जना मतदाताको नाम काटिएको जानकारी गराए पनि यसमाथि कुनै राजनैतिक पार्टीले खुलेर विरोध गरिहालेको छैन। यसबारे इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रिय समिति सदस्य एनबी खवाससित सम्पर्क गर्दा उनले भने-चुनाउ आयोगले देहान्त भइसकेका मानिसहरूको नाम मतदाता सूचीबाट हटाएको छ साथै दुईवटा स्थानको मतदाता सूचीमा नाम रहेकाहरूको पनि नाम स्वतः काटिएको छ।
हामीले विगत दिनमा एक सर्वेक्षण गरेका थियौं, जसमा धेरैजना मतदाताहरूको नाम दार्जीलिङसँगै अन्य राज्यको मतदाता सूचीमा पनि रहेको थाह लागेको थियो। त्यस्ता मतदाताहरूले आफ्नो नाम दार्जीलिङको मतदाता सूचीमा राख्न नचाहेको पनि थाह लागेको थियो। यस्ता सबैको नाम स्पष्ट भएपछि मात्रै यसमाथि कुनै टिप्पणी गर्न मिल्ने उनको मत छ। यसरी नै गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीसित सम्पर्क गर्दा उनले पनि यसमाथि विस्तृतरूपमा अध्ययन गरेपछि मात्रै कोही टिप्पणी गर्न सकिने बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ