Moti Tamang GJM party join Darjeeling
Moti Tamang GJM party join Darjeeling

सिंगताम ग्रा.प.की पञ्चायत सदस्या मोती तामाङ गोजमुमोमा फर्किइन्

Share this news

सिंगताम ग्राम पञ्चायतका निर्वाचित पञ्चायत सदस्य श्रीमती मोती तामाङको गोर्खा जनमुक्ति मोर्चा घरमा फर्की आएकी छिन्। यसक्रममा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले श्रद्धामाला पहिराएर श्रीमती मोती तामाङलाई गोजमुमो परिवारमा स्वागत जनाए। यसअघि गोजमुमोका अन्य पार्टीमा गएका एवं निष्क्रिय बनेर बसेका पुर्व कार्यकर्ताहरू पनि पुनःघर फर्किन थालेका छन्। यसै क्रममा अध्यक्ष विमल गुरुङको हात बलियो बनाउने प्रतिबद्धताको साथ पुल बिजनबारी समष्टि अन्तर्गत लोवर नयाँ बस्तीबाट 15 घर भागोप्रमो त्यागेर गोजमुमोमा सामेल भएका छन्।

स्थानीय अनिल सुब्बा, कुमार खनाल, सुरेन राई र मदन भट्टराई अनि नरेश छेत्री आदिको नेतृत्व गोजमुमोका पुर्व कार्यकर्ताहरू पुनःघर फर्किएका छन्। अर्कोतिर बिमल गुरूङको जाति प्रतिको समर्पण र दृढ संघर्षमा प्रेरित बनेर गोर्खा जनमुक्ति मोर्चामा घर वापसी गरिरहेका छन्। कोही पुराना समर्थकहरू जो निष्क्रिय बनेर रहीरहेका थिए भने अब उनीहरूले सक्रियता देखाई रहेकाछन्। यसै क्रममा जीटीए चीफ अनित थापाले दमन नीति भ्रष्टचार र पैसाको बलमा आजसम्म धाक जमाईरहेका उनको समष्टि सिटोङ लाट क्षेत्रमा पनि गोर्खा जनमुक्ति मोर्चाको संगठन तीब्ररूपमा सांगठनिक तौरमा गठन भइरहेको छ।

संगठनलाई मजबुत गर्ने क्रममा सिटोङ लाट समष्टि अन्तर्गत सिटोङ 2 ग्राम पन्च्यायत अधिनस्थ गुम्बा गाँउ अनि जोगीघाट क्षेत्रलाई समेटेर गोर्खा जनमुक्ति मोर्चा अनि ग‍ोर्खा जनमुक्ति युवा मोर्चाको दुईवटा छुट्टाछुट्टै शाखा कमिटि गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय उपाध्यक्ष श्री बिकास खवासको उपस्थिति र मार्ग निर्देशन अनि समष्टि युवा अध्यक्ष पुरण शेर्पाको पहल र सभापतित्वमा पुरानो शाखा कमिटि बिघटन गरि नयाँ शाखा गठन गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ