Siliguri Devota Sangh

सिलगढ़ी देवकोटा संघको ‘समय संवाद’ कार्यक्रम सम्पन्न

Share this news

सिलगढ़ी देवकोटा संघको साहित्य विभागद्वारा प्रत्येक महिनाको तेस्रो शनिवार आयोजन हुने ‘समय संवाद’ कार्यक्रम २१ जून २०२५ शनिवारको दिन संघकै प्रेक्षागृहमा अध्यक्ष मिलन रूचालको अध्यक्षतामा सम्पन्न भयो। ऊँकारदेखि शुरूवात गर्दै साहित्य संयोजिका देविका मंग्राती राईले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

संघका सदस्यहरू मात्र नभई यो कार्यक्रममा नेपालको काठमाड़ौंबाट टुक्का कविता प्रवर्तक श्री तारा प्रसाद चापागाईँ साथै विश्व नेपाली साहित्य महासंघ, भारत शाखाका अध्यक्ष राहुल राई ‘बोगिको’, महासचिव मोहन गौतम, उपाध्यक्ष पेम नर्बु शेर्पा ‘ज्योति’ (सिक्किम), उपाध्यक्ष विनोद खाती (मिरिक), सचिव गीताश्री शर्मा (सिक्किम), सूचना सचिवद्वय हन्नाह छेत्री (सिलगढ़ी) अनि प्रेम न्यौपाने प्रहर सिक्किम, मणिपुरबाट उपाध्यक्ष सीता देवी छेत्री उपस्थित थिए। विनेसाम सदस्य लाभ कुमार भूजेल, पास्टर लुकास राई, पी. सिमा मणिपुर बाहिरबाट प्रथम पल्ट उपस्थित थिए। संघका प्रा. डा. कृष्णराज घतानी, कवि सतिश रसाइली, लिला जोशी, गणेश प्रधान, मेघनाथ छेत्री सबैले कविता, मुक्तक, गजल प्रस्तुत गरे। ताराप्रसाद चापागाईँले उपस्थित सबैलाई आफ्ना पुस्तकहरू भेंट गरे। प्रा. मेघनाथ छेत्रीले पनि आफ्ना तीन-तीन वटा कृतिहरू बाहिरबाट आउनुभएका सबै स्रष्टाहरूलाई भेंट गरे।

यो ‘समय संवाद’ संघमात्र नभई अन्तर्राष्ट्रीय नारी सहयोजिका रोहिता छेत्री, संगीत संयोजिक श्यामकुमार प्रधान, मिरा गजमेर, राधाप्रधान चमा आदिको गरिमामय उपस्थितिले सुन्दर साहित्यिक वातावरण सृष्टि भएको थियो। साहित्यको भूगोल हुँदैन, भारतका विभिन्न राज्यहरूबाट साथै मित्र राष्ट्र देश नेपालबाट गरिमामय उपस्थितिमा सबैले प्रसन्नता व्यक्त गरे। साहित्यिक माहौल सृजना ‘समय संवाद’-को अन्तमा प्रा. डा. कृष्णराज घतानीले नेपाली साहित्यका विधाहरूमा कविताको स्थान, लेखन विधि, कविताको स्थान अन्य विषयमाथि सारगर्भित मन्तव्य राख्नुभएपछि अध्यक्ष मिलन रूचालले एउटा मीठो कविता वाचन अनि ज्ञानवर्धक कथा अनि आफ्ना सुविचारहरू व्यक्त गर्नुभयो अनि उपस्थित सबैलाई आभार व्यक्त गर्दै कार्यक्रम समाप्तिको घोषणा गर्नुभयो।

– देविका मंग्राती राई

साहित्य संयोजिका

सिलगढ़ी देवकोटा संघ

 

Siliguri Devota Sangh

 


Share this news
आजको रोजाइ
सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी  मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

आजको रोजाइ