PM Modi Sikkim Visit
PM Modi Sikkim Visit

प्रधानमन्त्री मोदीलाई सिक्किमका राज्यपाल माथुरले स्वागत जनाएका थिए

Share this news

आज प्रधानमन्त्री मोदीले नाम्ची जिल्लाको याङ्गाङमा १०० पलङयुक्त आयुर्वेद अस्पताल, गान्तोकको एमजी मार्गमा सद्भाव सदन, गान्तोकको रिज प्रिन्सिन्टको पुनर्विकासलगायत अन्य विभिन्न अन्य परियोजनाहरूको शिलान्यास गरे। यसका साथै उनले सिक्किमभरिका विद्यालयहरूमा आईटी परियोजनाहरूसँग सम्बन्धित शैक्षिक पूर्वाधारको कार्यान्वयनको शुरुआत गरे।

उनले गान्तोकस्थित हेलेन लेप्चा मेडिकल कलेज, लुम्सेमा जन सेवा सचिवालय, पश्चिम सिक्किमको सोरेङ जिल्लाको दोदकमा परिपर्यटन तीर्थस्थल परिसर, सिक्किमको विद्युत प्रसारण र वितरण सञ्जालको प्रणाली वृद्धि, नवीकरण, आधुनिकीकरण र सुदृढीकरण, पश्चिम सिक्किमको सोरेङ जिल्लास्थित च्याखुङमा नेताजी सुभाषचन्द्र बोस उत्कृष्टता केन्द्रको प्रशासनिक ब्लक (चरण १) लगायत अन्य पूर्वाधार उद्घाटन गरे।

प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुईदिने आधिकारिक भ्रमणमा सोमवार सिक्किम आइपुगेका छन्। लोक भवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले प्रधानमन्त्रीलाई न्यानो स्वागत जनाए। राज्यपालले प्रधानमन्त्री मोदीलाई पुष्पगुच्छले स्वागत गरे भने परम्परागत स्मृति चिन्हको रूपमा ‘बौद्ध माणे’ र ‘थाङ्का’ प्रदान गरेको लोकभवनले प्रेस बयानमा बताएको छन्। यस अवसरमा राज्यपालले प्रधानमन्त्रीलाई सिक्किमको स्वर्ण जयन्ती समारोहको तयारीबारे जानकारी गराए।

सिक्किम राज्य स्थापनाको 50औँ वार्षिकोत्सवको समापन समारोहमा अंशग्रहण गर्न प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार दिउँसो दुईदिने सिक्किम आइपुगेका थिए। यस अवसरमा उनीसँग मुख्यमन्त्री पीएस गोले र भाजपा सिक्किमका अध्यक्ष डीआर थापा पनि उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ