सिक्किम-दार्जीलिङ एकीकरण मुद्दालाई गोजमुमोले स्वीकार्दैन

Share this news

गोर्खा जनमुक्ति मोर्चाले सिक्किम-दार्जीलिङ एकीकरणको मुद्दालाई कुनै पनि दिन स्वीकार नगर्ने गोजमुमो अध्यक्ष विमल गुरूङले स्पष्ट पारेका छन्। हालै दिएको एक अन्तरवार्तामा गुरूङले आफ हरु दार्जीलिङको निम्ति केवल गोर्खाल्याण्ड मुद्दालाई लिएर अघि बढिरहने बताउँदै दार्जीलिङ-सिक्किम एकीकरणको मुद्दालाई कुनै दिन पनि समर्थन नगर्ने बताए। यसका साथै आफूहरुले सिक्किमको आन्तरिक मामलामा कुनै दिन पनि हस्तक्षेप नगर्ने पनि बताए। यसको साटो सकेसम्म सिक्किम सरकारलाई सहयोग गर्ने गुरूङले वचन दिए। उनले अझ भने-सिक्किमको वर्तमान सरकारले खुबै राम्रो ढङ्गले सरकार चलाइरहेकोछ र मुख्यमन्त्री गोलेले सिक्किम वासीहरूसँगै अन्य क्षेत्रमा बसोबास गर्ने गोर्खाहरुका निम्ति पनि धेरै कामहरू गर्ने कोशिष गरिरहेका छन् । त्यो अत्यन्तै सहरानीय कदम हो। यसैले हामीले सिक्किमलाई डिस्टर्व गर्नु हुँदैन, सिक्किमतिर आँखा गाड्नुभन्दा गोर्खाल्याण्ड मुद्दामा सबै केन्द्रित भएर अघिबढ्नसके दार्जीलिङको निम्ति राम्रो हुनेछ, गुरूङले भने। यसका साथै गुरूङले दार्जीलिङवासीहरु सुवास घिसिङको नेतृत्वदेखि आफ्नो नेतृत्वमा भएका सबै गोर्खाल्याण्ड आन्दोलनका आन्दोलनकारीहरूलाई सिक्किमले तन, मन तथा धनले सहयोग गरेको गुण कुनै दिन भुल्न नहुने
पनि उनले बताए। हाल सिक्किम दार्जीलिङ एकीकरणको मुद्दा लिएर कसैले राजनीति गर्न खोजिरहेको पनि गुरूङले आरोप लगाए। यसै गरी उनको डा. हर्कबहादुर छेत्रीलाई पनि आफ्नो ध्यान गोर्खाल्याण्ड आन्दोलनतर्फ लगाउने सुझाउ दिए। याद रहोस्, दार्जीलिङ सिक्किम एकीकरणको मुद्दा लिएर हालैको घटनाक्रमले सिक्किम तथा दार्जीलिङको सम्बन्ध धमिलो भइरहेको बेला गुरूङको यस वक्तव्यलाई निक्कै महत्त्वपूर्ण मानिएको छ। हाल सृजना भएको धमिलोपन सिक्किमका वर्तमान मुख्यमन्त्रीले दार्जीलिङवासीहरुप्रति सामाजिक रूपमा देखाएको साथ सहयोग तथा दुवैतर्फको आपसी भाइचारालाई तोड्ने बाहेक अन्य केही नरहेको पनि धेरैको तर्क छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ