अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

Share this news

खरसाङ, (निसं)ः नेपाली भाषा मान्यता दिवससम्म जीटीए क्षेत्रको सबै दोकान, पाट, व्यापारिक प्रतिष्ठान, सरकारी, गैरसरकारी कार्यालय, शेक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन पर्ने भागोप्रमो युवा शक्तिको अपिल छ। नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने पर्ने निर्देश जीटीएले अघिबाटै जारी गरिसकेको छ। खरसाङ्मा सोमवार नगरपालिकाले शहरको प्रत्येक दोकान, पाट, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान, सङ्घ-संस्थाको कार्यालयमा नेपाली भाषामा लेखिएको साईन बोर्ड 20 अगस्त नेपाली भाषा मान्यता दिवसको दिनसम्म लगाउन पर्ने अपिल गर्दै माईकिङ गरेको थियो। युवा शक्तिको अपिलपछि खरसाङ शहरको धेरै दोकान, पाट, व्यापारिक प्रतिष्ठानमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने कार्य भएको थियो। कतिपय दोकान, व्यापारिक प्रतिष्ठानले प्लास्टिको ब्यानर र पामप्लेटमा भए पनि नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउने कार्य गरेका थिए। खरसाङ बजारमा नेपाली भाषामा लेखिएको साईन बोर्ड लगाउन छुटेका कतिपय दोकान, पाट, व्यापारिक प्रतिष्ठानमा सोमवार गरिएको नगरपालिकाको अपिलपछि बोर्ड लगाने कार्य भएको पाइएको छ। छोटो समयमा साईन बोर्ड बनाउने असमर्थ बनेपछि कतिपयले पामप्लेट, ब्यानर बनाएर भएपछि नेपाली भाषामा लेखिएको बोर्ड लगाउने कार्य गरेका छन्‌‍। तथापि अझ पनि यस्ता धेरै सरकारी, गैरसरकारी कार्यालय, दोकान, पाट, व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थानहरू छन्‌‍ जसले नेपाली भाषामा लाखिएको साईन बोर्ड लगाएका छैनन्‌‍ अनि 20 अगस्त नेपाली भाषा मान्यता दिवसको दिनसम्म लगाइ सक्ने सम्भावना पनि देखिएको छैन। यस्ता कार्यालयका अधिकृत, दोकान अनि व्यापारिक प्रतिष्ठानका मालिकहरूसित जान्न चाहादा बोर्ड लगाउनको निम्ति कार्य गरिरहेको बताएका छन्‌‍। नेपाली भाषामा साईन बोर्ड लगाउने कार्यलाई कसैले पनि नकारेका छैनन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ