सिविटारमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम सम्पन्न : विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो: डा. विवास सेवा

Share this news

तीनधारे अ, 6 जुलाई (निसं)ःतीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायतको संसद तीन सिविटार चियाबारीमा विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम 2025 सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता स्प्रिङ्डेल एकाडेमी सिविटारका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, प्राध्यापक डा विवास सेवा, वरिष्ठ नागरिक एंव महानदी ग्राम पञ्चायतको पूर्व प्रधान जुद्ध शमशेर छेत्री, पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। पत्रकार एवं कवि हनोक थापा र शिक्षिका ईशा राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शिक्षक हेमराज छेत्रीले राखेका थिए। कार्यक्रमको उद्देश्य र औचित्य विषयमा पञ्चायत सदस्य राजीव तामाङले वक्तव्य राखेका थिए। उनले पहाडमा पञ्चायत चुनाव भएपछि गाउँ गाउँमा विकास कार्यहरु भईरहेको जनाउँदै विकास भनेको बाटो र झोडा बनिनु मात्र होइन तर शैक्षिक उन्नति हुनु पनि हो भनी बताएका छन्। उनले यस क्षेत्रमा रहेका विद्यार्थीहरुको शिक्षा क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा स्प्रिङ्डेल एकाडेमीका विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरु पारुमा राई र रिदम राईले कविता वाचन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुको शिक्षा र करियर विषयमा तीनधारे निवासी एंव श्री अग्रसेन महाविद्यालय, दालखोला, उत्तर दिनाजपुरका प्राध्यापक डा विवास सेवाले वक्तव्य राखेका थिए। उनले आफ्नो सम्बोधनमा भने, ’सपना देख्नुपर्छ अनि आफ्नो माता पिताको लागि सपना पूरा गर्नुपर्छ। मेहनत र परिश्रम गर्नुपर्छ। कलेजमा पढ्दा मेहनत दोब्बर गर्नुपर्छ। विद्यार्थीहरुमा लगनशीलता हुनुपर्छ अनि पढाईलाई सिरियस लिनुपर्छ। विद्यार्थीहरुको लागि ठूलो हतियार नै मेहनत र परिश्रम हो।’प्राध्यापक डा विवास सेवाले अघि भने, ’विद्यार्थीहरुका लागि चाहिने हतियार नै अंग्रेजी भाषामा निपुण हुनु हो। विद्यार्थीहरुले दैनिक 10 देखि 15 घण्टा जति अनिवार्य रुपमा पढ्ने बानी बसाल्नुपर्छ। विद्यार्थी र अभिभावक सबैले अनिवार्य रुपमा दैनिक समाचार पत्र पढ्ने बानी बसाल्नुपर्छ।’उनले विद्यार्थीहरुले एउटा मात्र भाषा होइन तर अन्य धेरै भाषाहरु सिक्नुपर्ने हुन्छ। विद्यार्थीहरु पढाईमा लगातार रुपमा इमान्दार भएर मेहनत र परिश्रमको साथमा पढाईमा ध्यान दिनुपर्छ तब सफलता हात लाग्नेछ भनी बताएका छन्। यसै कार्यक्रममा सिविटारको संसद तीन क्षेत्रबाट यसपाली 2025 सालमा दशौं र बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा विशेष गरेर बाह्रौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अङ्क ल्याएर प्रथम दर्जामा उत्तीर्ण विद्यार्थीहरु क्रमैले साइना छेत्री, प्रशान्त छेत्री र स्मिथ छेत्रीलाई खदार्पणसहित प्रशंसा पत्र प्रदान गरेर सम्मान जनाइएको छ। उक्त प्रशंसा पत्र हेमराज छेत्री, गुरुमाहरु इशा राई, प्रतिसा प्रधान आदिले पठन गरेका थिए। त्यसरी नै उच्च माध्यमिक र माध्यमिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा विशिष्ट अतिथिहरु लगायत प्रायोजकद्वय दिपनारायण राई र साहिल प्रधान पनि उपस्थित रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित महानदी हाई स्कूलको प्रधान अध्यापक महेन्द्र छेत्रीले आजको कार्यक्रमको मुख्य आकर्षणको केन्द्र बिन्दु विद्यार्थीहरु रहेको र विद्यार्थीहरुको सफलतामा अभिभावकहरुको पनि ठूलो हात छ र विद्यार्थीहरुको सफलतामा अभिभावकहरुलाई पनि बधाई छ भनी बताएका छन्। उनले विद्यार्थीहरुको सफलतामा अभिभावकहरुको भूमिका महत्वपूर्ण रहेको छ भन्दै विद्यार्थी शैक्षिक सम्मान कार्यक्रमको लागि आयोजक समितिप्रति आभार प्रकट गरेका छन्। विशिष्ट अतिथि महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पाले आफ्नो सम्बोधनमा यसपाली संसद तीनलाई आयोजना गरिएको छ भने आगामी दिनमा सम्पूर्ण महानदी ग्राम पञ्चायत क्षेत्रलाई नै समेटेर कार्य गर्ने बताए। उनले आगामी दिनमा शिक्षाबाहेक अन्य विभिन्न क्षेत्रका प्रतिभाहरुलाई लिएर पनि सम्मान कार्यक्रम आयोजना गर्ने सुझाव दिन्दै आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिएका छन्।कार्यक्रममा सभाध्यक्ष प्राचार्य शरणकुमार राईले आफ्नो वक्तव्यमा सबैलाई धन्यवाद दिन्दै यो कार्यक्रम विद्यार्थीहरुको शैक्षिक क्षेत्रलाई बढाउने र विद्यार्थीहरुको मनोबल कार्य रहेको बताएका छन्। उनले वर्तमानमा सिविटार क्षेत्रको साक्षरता दर बढेर गएको बताएला छन्। यस विद्यार्थी शैक्षिक सम्मान कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत सदस्य राजीव तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी  मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

आजको रोजाइ