Shanta Lama Shield Mini Post Football Final

शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने

Share this news

मिरिक बस्तीमा ‘लेट शान्ता लामा मेमोरियल च्यालेन्ज शिल्ड मिनी पोस्ट फुटबल टुर्नामेन्ट’को फाइनल आइतबार हुने भएको छ। मिरिक, नवजागरण समाज पहिला गाउँ मिरिक बस्तीको आयोजनामा गत केही दिनदेखि सञ्चालन हुँदै आएको ‘लेट शान्ता लामा मेमोरियल च्यालेन्ज शिल्ड फुटबल टुर्नामेन्ट (मिनी पोस्ट)’ अब अन्तिम चरणमा पुगेको छ। तर, बीचमा समाजभित्रै केही व्यक्तिहरूको देहान्त हुनुका साथै प्राकृतिक प्रकोपका कारण आवतजावतमा आएको असुविधा र अन्य समस्याका कारण अन्तिम खेल समयमै सम्पन्न गर्न नसकिएको आयोजक कमिटिले जनाएको छ। नवजागरण समाज पहिला गाउँ मिरिक बस्तीले हिजो बसेको कार्यकारिणी समिति बैठकले निर्णय गर्दै टुर्नामेन्टको फाइनल खेल आगामी आइतबार, मिति १६ नोभेम्बर २०२५ का दिन खेलाइने जनाएको छ। आयोजक समाजले फाइनल खेल ढिलो भएकोमा सम्पूर्ण खेल प्रेमी, सहभागी टोलीहरू र स्थानीय बासिन्दासँग क्षमायाचना गर्दै आगामी आइतबार हुने उक्त फाइनल खेलमा सबै फुटबल प्रेमी दर्शकहरूलाई उपस्थित भई खेलको आनन्द लिन हार्दिक अनुरोध गरेको छ। समाजका प्रतिनिधिहरूका अनुसार, उक्त प्रतियोगिताले मिरिक क्षेत्रका युवाहरूमा खेलप्रति रुचि, एकता र सामाजिक भावनाको विकासमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड