जीटीए क्षेत्रका महाविद्यालयहरूमा रहेका समस्याको बारेमा शान्ता छेत्रीको पत्र मुख्यमन्त्रीलाई

Share this news

खरसाङ,  (निसं)ः पूर्व राज्यसभा सांसद एवं तृणमूल कंग्रेस दार्जीलिङ अनि कालेबुङ जिल्ला अध्यक्ष शान्ता छेत्रीले जीटीए क्षेत्रका सरकारी सहायता प्राप्त महाविद्यालयहरूमा रहेका समस्याहरूको समाधान गर्ने माग गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र पठाएकी छन्‌‍। तिनले 4 फरवरीको दिन मुख्यमन्त्रीलाई पठाएकी पत्रमा जीटीए क्षेत्रमा सञ्चालित सरकारी सहायता प्राप्त महाविद्यालयहरूको सुचारु सञ्चालनको निम्ति यस समस्याको विषयमा गम्भीरतापूर्वक विचार गरेर समाधान गर्ने माग गरेकी छन्‌‍।

छेत्रीले पत्रमा जीटीए क्षेत्रका महाविद्यालयहरूका शिक्षण-अशिक्षण कर्मचारीहरूको बकाया एरियर लगभग 4 कड़ोर रुपियाँ तीन वर्षदेखि जारी नगरिएकोले कर्मचारीहरूले आर्थिक समस्याको सामना गर्न परिरहेको मुख्यमन्त्रीलाई अवगत गराएकी छन्‌‍। छेत्रीले जीटीए क्षेत्रमा जीटीए ऐन 2011 अन्तर्गत उच्च शिक्ष एकाई अहिलेसम्म पूर्ण रुपमा कार्य क्षमतामा नरहेको अवगत गराउदै यसको कारण स्थायी जेडीपीआई, आवश्यक कर्मचारी, आवश्यक पूर्वाधार अनि अलग्गै लेखा प्रमुख महाविद्यालयहरूको सुचारु सञ्चालनको निम्ति आवश्यक रहेको अवगत गराएकी छन्‌‍।

तिनले जीटीए क्षेत्रका कलेजहरूलाई पश्चिम बंगाल स्वस्थ्य योजनाबाट अलग राखिएकोले कलेजका शिक्षण अनि अशिक्षण कर्मचारीहरू आवश्यक स्वस्थ्य सेवाबाट वञ्चित बनेको, जीटीए क्षेत्रका महाविद्यालयहरूलाई वार्षिक अनुदानबाट बाहिर राखिएकोले पूर्वाधार विकास अनि क्म्पसको उन्ननतिको निम्ति समस्या भइरहेको, महाविद्यालयहरूमा शिक्षण अनि अशिक्षण कर्मचारीहरूको नियुक्ति नभएकोले कर्मचारीहरूको अवकाशपछि महाविद्यालयको सञ्चालनमा समस्या भइरहेको, राज्य सरकारको सहायता प्राप्त महाविद्यालयका शिक्षकहरूलाई शीतकालिन अनि पार्वतीय भत्ता नदिइएकोले तिनीहरूलाई आर्थिक रुपमा समस्या भइरहेको मुख्यमन्त्रीवाई अवगत गराएकी छन्‌‍। जीटीए क्षेत्रका महाविद्यालयहरूले सामना गर्न परिरहेका यी समस्याहरूको सहानुभूतीपूर्वक विचार गरेर समाधानको निम्ति तत्काल कदम उठाइयोस भनी माग गर्दै शान्ता छेत्रीले जीटीए क्षेत्रका महाविद्यालयहरूलाई सुचारु सञ्चालनको निम्ति कदम उठाइयोस्‌‍ भनी माग गरेकी छन्‌‍।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ