नारी दिवसको अवसरमा शान्ता छेत्रीलाई जनाइयो सम्मान

Share this news

खरसाङ,  (मोहन प्रसाद): नारी दिवसको अवसरमा खरसाङ्मा एउटा महत्वपूर्ण घटनाक्रम देखिएको छ। खरसाङ नारी संगठनको ब्यानरमा गोर्खा जनमुक्ति नारी मर्र्चाका केन्द्रीय समितिका नारी नेतृत्व अनि सदस्यहरूद्वारा पूर्व राज्यसभा सांसद शान्ता छेत्रीलाई सम्मान जनाएको छ। शान्ता छेत्री वर्तमानमा तृणमूल कांग्रेस दार्जीलिङ अनि कालेबुङ जिल्ला पहाड़का अध्यक्ष पनि हुन्‌‍।

छेत्रीलाई आइतबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्बर्द्धना जनाइएको हो। उक्त विषयमा पत्रकारहरूसित बोल्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति प्रतिनिधि शकुन्तला लामा अनि खरसाङ महकुमा समिति अध्यक्ष शान्ति राईले जनाए अनुसार, तिनीहरू एउटा राजनीतिक दल, गोर्खा जनमुक्ति मोर्चाका प्रतिनिधि एवं सदस्यहरू रहे तापनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तिनीहरूले पार्टीको ब्यानरलाई केही समयको निम्ति अलग्गै राखेर खरसाङ नारी संगठनको ब्यानरमा खरसाङस्थित गोर्खा जन पुस्तकालयमा अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्दै गोर्खे चेली पूर्व राज्यसभा सांसद, पूर्व विधायक, पूर्व नगरपार्षदिका शान्ता छेत्रीलाई तिनको योगदानको कदर गर्दै आज सम्मान वा सम्बर्द्धना जनाइएको हो।

शान्ता छेत्री यस कार्यक्रममा प्रमुख अथितिको रूपमा उपस्थित थिइन्‌‍ । जसरी सिक्किमबाट दिल कुमारी भण्डारीले राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान बनाएकी छन्‌‍ खरसाङबाट पनि गोर्खे चेली शान्ता छेत्रीले आफ्नो राजनीतिक अनि योगदानले राष्ट्रिय स्तरमा एउटा बेग्लै पहिचान बनाएकी छन्‌‍। शान्ता छेत्रीलाई टीएमसी पार्टी भनेर मात्र होइन तर एउटा गोर्खे चेलीले राष्ट्रिय स्तरमा एउटा छुट्टै पहिचान बनाएकोमा नारी दिवसको अवसरमा सम्मान जनाउने कार्यक्रम राखिएको हो। नारी नेत्रीहरूले थप जनाए अनुसार, शान्ता छेत्री बाहेक, खरसाङ्को मकैबारी चिया बगान निवासी, बुद्धिष्ट धर्मको अध्ययनमाथि एउटा छुट्टै स्थान प्राप्त गरेकीआनी खाम डोमालाई पनि तिनको कार्यको प्रशंसा गर्दै सम्मान वा सम्बर्द्धना जनाइयो। यस बाहेक, खरसाङ सहित अन्य विभिन्न ठाउँबाट विभिन्न क्षेत्रहरूमा छुट्टै स्थान बनाएका नारीहरूलाई पनि कार्यक्रममा तिनीहरूको कार्यको प्रशंसा गर्दै सम्मान जनाइयो छ। कार्यक्रममा खरसाङ्का स्वतन्त्रता सेनानी स्वर्गीय सावित्री देवी साथै स्वर्गीय पुतली देवी पोद्दारको
परिवारका सदस्यहरूलाई पनि स्मरण गर्दै अभिनन्दन जनाइयो ।
शकुन्तला लामा अनि शान्ति राईले थप जनाए अनुसार, यस कार्यक्रममा नारी सदस्य अनि प्रतिनिधिहरू मिरिक, दार्जीलिङ सहित समतल क्षेत्रबाट पनि उपस्थित रहेका थिए, जसमा पूर्व जीटीए सभासद्‌‍ चम्पा विबार, नारी मोर्चा केन्द्रीय समिति प्रमुख आशा गुरुङ सहित अन्यनान्यको उपस्थिति रहको थियो। कार्यक्रममा वक्ताहरूले नारीको भूमिकामामाथि विभिन्न पक्षबाट जानकारी गराइएको थियो। कार्यक्रमको सञ्चालन सनिका गुरुङ अनि शान्ति राईले गरेका थिए भने कार्यक्रमको शुरुवातमा कुनसल लामाद्वारा कृष्ण-कन्हैया नृत्य प्रस्तुत गरिएको थियो, साई भजन जीटीएका पूर्व सभासद्‌‍ चम्पा विबारद्वारा प्रस्तुत गरिएको थियो भने तामाङ सेलेमा नृत्य अनामिका बम्जनद्वारा प्रस्तुत गरिएको थियो भने रिया खवास, सुजाता शेपा, रेविका राणाले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नारी मोर्चाका अन्य प्रतिनिधि जसु रसाइली, मीरा गजमेर, शकुन लामा आदि उपस्थिति रहेका थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ