GJM Member Shift Darjeeling
GJM Member Shift Darjeeling

सिङला डिभिजनका विभिन्न पार्टीका दर्जनौं युवाहरू गोजमुमोमा प्रवेश गरे

Share this news

गोर्खा जनमुक्ति मोर्चा सोम टकभर समष्टि अध्यक्ष श्री आलोक राई तथा युवा मोर्चा समष्टि अध्यक्ष श्री विजय मंगरको सशक्त नेतृत्वमा सिङला डिभिजनका विभिन्न पार्टीका दर्जनौं युवाहरूले आज गोर्खा जनमुक्ति मोर्चा तथा अध्यक्ष श्री बिमल गुरुङको नेतृत्वप्रति आस्था राख्दै पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। युवाहरूको यस ऐतिहासिक समर्थनले सिङला क्षेत्रमा गोजमुमोको जनाधार अझ बलियो बन्दै गएको स्पष्ट देखिएको छ। गोर्खाल्याण्डको आन्दोलन, पहाडको अधिकार र जनताको सम्मानको निम्ति युवाशक्ति अब गोजमुमोसँग एकजुट हुँदै अघि बढिरहेको पार्टीले दाबी गरेको छ।

यसअघि गोर्खा जनमुक्ति मोर्चा पुल बिजनबारी समष्टि अन्तर्गत सुन्तले शाखामा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका करिब ५० घर परिवारले पार्टी त्याग गर्दै अध्यक्ष बिमल गुरुङको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै गोर्खा जनमुक्ति मोर्चामा घर वापासी गरेका छन्। पुरण छेत्री, अनिल सुब्बा, बुद्ध तामाङ, कुमार खनाल, मदन भट्टराई तथा सुरेन राईको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रभरि गोर्खा जनमुक्ति मोर्चाप्रति जनसमर्थन दिनप्रतिदिन बढिरहेको स्पष्ट संकेत दिएको छ। कार्यक्रममा सहभागीहरूले पहाडको स्थायी राजनीतिक समाधानका लागि अध्यक्ष बिमल गुरुङको नेतृत्व नै सक्षम, स्पष्ट र भरोसायोग्य रहेको विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पार्टीलाई अझ सशक्त र संगठित बनाउँदै जनताको पक्षमा निरन्तर कार्य गर्ने प्रतिबद्धता समेत जनाएको जानकारी पाइएको छ।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ