Senior citizens honored at Ward 43 ‘Alingan Festival.’
Senior citizens honored at Ward 43 ‘Alingan Festival.’

वार्ड ४३ को “आलिङ्गन उत्सवमा वरिष्ठ नागरिकहरु सम्मानित

Share this news

सिलगढी नगर निगमको तत्वावधान ४३ नम्बर वार्ड कमिटीको आयोजनामा “आलिङ्गन वार्ड उत्सव – २०२५ भव्यरुपमा आयोजन भइरहेको छ। गत २१ दिसम्बरदेखि विभिन्न खेलकुद प्रतियोगिताबाट आरम्भ भएको वार्ड उत्सव २६दिसम्बरदेखि विभिन्न भाषाको सांस्कृतिक कार्यक्रमबाट समापन भयो। सांस्कृतिक कार्यक्रमको पहिलो दिन २६ दिसम्बर को दिन बंगला सांस्कृतिक कार्यक्रम, २७ दिसम्बरको दिन नेपाली सांस्कृतिक कार्यक्रम अनि २८ दिसम्बरको दिन हिन्दी सांस्कृतिक कार्यक्रम अत्यन्तै भव्यरुपमा सम्पन्न भयो। तीनै दिनको कार्यक्रमका अध्यक्ष ४३नम्बर वार्डका काउन्सिलर सुकदेव महतो थिए भने मुख्य अतिथि सुश्री शोभा सुब्बा ( ४२ नम्बर वार्ड काउन्सिलर) थिइन्। विशिष्ट अतिथिहरुमा गोविन्द छेत्री ( Public Prosecutor), सन्तोष खड्गा ( अध्यक्ष: भानु संघ अनि मंगल माइती संस्था) , श्रीमती बनिता गिरी राई ( Dir. Holycrown English School) थिइन् भने विशेष रुपमा राजेश प्रसाद ( MMIC, SMC) को पनि उपस्थिति रहेको थियो। यस दिनको कार्यक्रममा विभिन्न रंगारंग कार्यक्रम संगै स-साना नानीहरुको नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो। साथै यस वार्डमा वरिष्ठ नागरिकहरुलाई वार्ड काउन्सिलर सुकदेव महतोको बाहुलीबाट श्रद्धा अनि पुष्पगुच्छा संगै मायाको चिनो (मेमेन्टो) प्रदान गरि सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा डम्बर प्रधान, राधिका सिन्हा, कर्मा शेर्पा, कमला डुक्पा श्रीनिवास, श्रीमान दुर्गा साम्बा, ऐती सुब्बा, रामप्रसाद छेत्री, राधिका मोहरा, लालबहादुर गुरुङ बलकुमारी विश्वकर्मा र शुभला राई उपस्थित थिए।

यस दिनको सांस्कृतिक कार्यक्रमका मुख्य आकर्षण नर्थ बंगालका एक समयका ख्यातिप्राप्त गायक फौदा सिंह गुरूङ अनि हास्य कलाकार चन्दन लामा रहेका थिए। उक्त कार्यक्रमका सञ्चालक कृष्ण गुरुङ (नाट्य-सिने कलाकार) र सबिन छेत्रीले खुबै सुन्दर ढंगमा सञ्चालन गरेका थिए। नेपाली सांस्कृतिक कार्यक्रममा नृत्य प्रतियोगिताका निर्णायक मण्डलीमा प्रेम विश्वकर्मा (शास्त्रीय नृत्य प्रशिक्षक,मिरिक) मनिष सुब्बा (दार्जीलिङ) रहेको आयोजन समितिका संयोजक प्रकाश चन्द्रनले जानकारी दिएका छन्।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ